NarayaniPost.com
सोमवार, साउन १, २०८०

देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ

नारायणी पोस्ट
बुधबार, भदौ ९, २०७८

२०७८ भदौ ९ गते

चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले ठेक्का लगाएको शवदाहगृहको म्याद गुज्रिनै लाग्दासमेत कामले गति लिनसकेको छैन ।

पशुपतिनाथपछि सबैभन्दा धेरै अन्तिम दाहसंस्कार गर्ने ठाउँ देवघाट हो । दाउराबाट जलाएर दाहासंस्कार गर्न कठिन हुन थालेपछि भरतपुर महानगरपालिका र देवघाट क्षेत्र विकास समितिको समेत पहलमा विद्युतीय शवदाहगृह निर्माणको प्रक्रिया अघि बढेको थियो । सङ्घीय सरकारको बजेटबाट थालिएको शवदाहगृह निर्माणका लागि मूल्य अभिवृद्धि करबाहेक रु नौ करोड ९२ लाखमा निर्माण गर्ने गरी ठेक्का लगाइएको हो ।

विसं २०७५ माघ ३ गते सम्झौता हुँदा दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ । कोभिड–१९ को कारण देखाउँदै पुनः छ महिना म्याद थपियो र २०७८ साउनमा काम सम्पन्न हुनुपर्ने थियो । थपिएको म्यादसमेत सकिँदा बल्ल काम थालिएको छ । निर्माण कछुवाको गतिमा रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरे बताउनुहुन्छ ।

निर्माण ढिलाइ हुँदा अहिले दाउराको प्रयोगबाट शव जलाउने गरिँदै आएको छ । घिमिरेले भन्नुभयो, “कोभिडको समयमा एक दिनमा ३३ शवसमेत दाहसंस्कारका लागि ल्याइएको थियो, तर ठाउँ साँघुरो र वर्षाको समय हुँदा लाइनमा बस्नुपर्ने बाध्यता भयो ।” कोभिड–१९ सङ्क्रमितको शव व्यवस्थापनका लागि छुट्टै ठाउँ तोक्दा पनि नियमित शव जलाउने ठाउँमा भीड हुने गरेको उहाँको भनाइ छ । समितिले निर्माण छिटो गर्न ताकेता गरिरहेको घिमिरे बताउनुहुन्छ । विद्युतीय शवदाहगृह निर्माण भए दाउरा पाउन कठिन भइरहेको परिस्थिति अन्त्यसँगै सहजै दाहसंस्कार गर्न टेवा पुग्ने उहाँको भनाइ छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram