NarayaniPost.com
बुधबार, असार २७, २०८०

जलवायु परिवर्तन : पग्लँदै हिमाल, जोखिममा हिमाली बस्ती

नारायणी पोस्ट
बुधबार, भदौ ९, २०७८

२०७८ भदौ ९ गते

मुस्ताङ। दुई महिनाअघि हिमालपारिको जिल्ला मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा भीषण वर्षा भयो । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठूलै असर गर्‍यो ।

सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने ती बस्तीमा एकाएक ओइरिएको पानीले परम्परागत रुपमा निर्मित माटोका छत भएका यहाँका अधिकांश घरमा क्षति पुगेको मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका ज्येष्ठ नागरिक कालबहादुर थकालीले जानकारी दिए ।

‘यस क्षेत्रमा यसअघिका वर्षमा यति धेरै पानी परेको मेरो अनुभवमा छैन,’ ७५ वर्षीय थकालीले भने, ‘पछिल्ला वर्षमा बर्सेनि हिमालका माथिल्ला बस्तीमा पानी पर्ने क्रम बढ्दै गएको छ ।’

प्रायः चिसो भइरहने भएका कारण माटोले बनाइएका यहाँका घर वातावरण अनुकूलका मानिन्छन् । माटो छाइएका घरमा बाहिर जस्तोसुकै हिउँ परे पनि घरभित्र न्यानो भइरहन्छ । माटोका घर हिमाली क्षेत्रका बस्तीको मौलिकता भएको बताउँदै थकालीले पछिल्ला वर्षमा हिउँ पर्न छोडेर पानी पर्ने क्रम बढिरहेका कारण बस्तीहरू उच्च जोखिममा रहेको बताए ।

एक दशकअघि सम्म हिउँ मात्र पर्ने ठिनीमा जलवायु परिवर्तनको असरसँगै पानी पर्न थालेपछि परम्परागत तवरले निर्माण गरिएका माटोका संरचना प्रत्येक वर्ष जोखिममा पर्दै गएका छन् । माटोको सहरका रुपमा आफ्नो छुट्टै मौलिकता बोकेका बस्तीमा पानी पर्ने क्रमसँगै पग्लन र भत्कन थालेपछि सिमेन्टको प्रयोगका साथै जस्ताले छाउन बाध्य हुनुपर्दा मौलिकता नै हराउने चिन्ता थपिएको छ ।

पानी पर्ने क्रमले हिमाली क्षेत्रमा बाढीपहिराको प्रकोप बढ्नाका साथै कृषि प्रणाली पनि प्रत्यक्ष प्रभावित बनेको छ । गर्मी क्षेत्रमा मात्र फल्ने बन्दा, काउली यतिखेर मुस्ताङको स्याङ, ठिनी लगायतका बस्तीमा पाउन थालिएको छ । तापक्रम बढेसँगै चाँदीजस्तै टलक्क टल्कने हिमालहरू बर्सेनि कालापत्थरमा परिणत भएका छन् ।

उपल्लो मुस्ताङका लोमन्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ, घमी लगायतका स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि ती स्थानमा खानेपानीको अभाव बढ्दै गएको छ । पानीको चरम अभावसँगै छोसेरको सामजुङ बस्तीलाई ६-७ वर्षअघि पानीकै खोजीमा नमासुङ गाउँमा सारिएको थियो ।

जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रमा फल्ने स्याउले आफ्नो ठाउँ छोडेर बिस्तारै उपल्लो भागतिर सर्दै गएको मुक्तिनाथ गाउँका पूर्वमुखिया सुरज गुरुङले जानकारी दिए । पछिल्लो २-३ वर्षयता मुस्ताङका उपल्ला बस्तीमा पानी पर्ने क्रम बढिरहँदा कृषि प्रणालीमा प्रभाव पर्नाका साथै यहाँका माटाले बनेका संरचनाहरू सङ्कटग्रस्त बनिरहेको उनले बताए ।

‘बढ्दो पानी पर्ने क्रमले माटो निर्मित यहाँका प्राचीन मौलिक बस्तीहरू बर्सेनि जोखिममा पर्दै गएका छन्,’ स्थानीय जनप्रिय युवा क्लबका पूर्वअध्यक्ष एवम् होटेल ग्रान्ड साम्बालाका सञ्चालकसमेत रहेका गुरुङले भने, ‘बस्तीहरू सङ्कटमा पर्दै गएको अवस्थामा आगामी दिनमा अझै बढ्न सक्ने् जोखिमीतर्फ राज्यको बेलैमा चासो पुग्नु आवश्यक छ ।’

बढ्दो तापक्रमकै कारण झन्डै १०-१२ वर्षअघि सम्म स्याउको राम्रो उत्पादन हुने लेतेमा पछिल्ला वर्षमा स्याउ फल्नै छोडेको छ । हिमालहरू पग्लने क्रमसँगै नयाँ नयाँ हिमताल बन्ने क्रम बढिरहेको अवस्थामा बेमौसममा पनि बाढी आउन थालेको यहाँका स्थानीयवासी बताउँछन् ।

महत्वपूर्ण मानिने हिमनदी र हिमाली क्षेत्रहरूबाट हिउँ पग्लदै जानु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ ।
हिमाली जिल्लामा पानी पर्ने क्रम बढिरहँदा माटाले बनेका संरचना जोगाउने चुनौती थपिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । ‘हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढेसँगै यहाँको माटोले बनेका घर तथा बस्ती जोगाउनाका साथै दुई चार सय वर्ष पुराना गुम्बा, मठमन्दिर लगायतका प्राचीन सम्पदा जोगाउनु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ,’ उनले भने ।

त्यस्तै पछिल्ला वर्षमा अन्नपूर्ण हिमालको हिउँ पग्लेर कास्कीको सिक्लेस गाउँमाथि नयाँ हिमताल अस्तित्वमा आएको छ । पछिल्लो उदाहरणका रुपमा एक महिना अघि मनाङको चामे खोलामा आएको बाढीले पारेको असर अर्को ज्वलन्त उदाहरण हो ।

पछिल्ला अध्ययनले जलवायु परिवर्तनको असरका कारण हिमताल फुट्दै, सुक्दै र हिमनदीका सीमामाथि सर्दै नदीहरू हिमालमाथि उक्लिरहेको तथ्य बाहिर आएका छन् । नेपालमा मात्र दुई हजार तीन सय २३ वटा हिमताल छन् ।

यसमध्ये महत्वपूर्ण मानिने हिमनदी र हिमाली क्षेत्रहरूबाट हिउँ पग्लदै जानु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । अहिले विश्वभर मानिसले पिउने पानीको कम्तीमा पनि ७० प्रतिशत पानीको स्रोत हिमखण्ड नै हो । यस्तो अवस्थामा हिउँ पग्लेर हिमाल कालापत्थरमा परिणत हुनु सबैको चासो र चिन्ताको विषय बन्न पुगेको छ ।

जलवायु परिवर्तनको असरसँगै मुस्ताङको तल्लो भेगमा पानी पर्न थालेपछि लेते लगायतका स्थानमा स्याउ खेती घट्दै गएको व्यवसायीको अनुभव छ । करीब २०-२५ वर्षअघि मुस्ताङको लेते लगायतका तल्लो भेगमा स्याउको राम्रो उत्पादन हुने गरेकामा पानी पर्ने क्रम बढेसँगै उत्पादनमा कमी आउन थालेको स्थानीयवासी बताउँछन्। माथिल्ला गाउँमा स्याउ खेती बढ्दै जाँदा जोमसोम, मार्फा, कागबेनी, छुसाङ, सुर्खाङ, टुकुचे, ताङ्वेलगायत गाउँमा व्यावसायिक स्याउ खेतीको विस्तार भएको छ ।

हिमालपारिकै जिल्ला मनाङमा पछिल्लो समय गत असार १ गते आएको बाढीका कारण गाउँहरू नै डुबानमा परी बगरमा परिणत भएका थिए । जिल्लाको नासों गाउँपालिका–१ ताल गाउँ बगरमा परिणत भएसँगै त्यहाँका ५९ घरपरिवार विस्थापित बनेका थिए ।

ताल गाउँमात्र नभई यहाँका चामे, धारापानीलगायत स्थानमा सरकारी कार्यालयसहित घरहरू डुबानमा पर्दा ठूलो क्षति बेहोर्नुपरेको थियो । बाढीले चामे गाउँपालिका-१ तिमाङ खोलाको बेली ब्रिजसहित यहाँका १६ वटा झोलुङ्गे पुल, ८-१० वटा काठेपुल बगाएको पूर्वाधार विकास कार्यालय, मनाङका प्रमुख प्रल्हाद दहालले जानकारी दिए । पुलहरूमा क्षति पुगेपछि स्थानीयवासीहरू एक ठाउँमा आवतजावत गर्न समस्या भएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram