NarayaniPost.com
बिहिबार, असार २८, २०८०

दल विभाजनविरूद्ध सर्वोच्चमा एमालेले मुद्दा दायर गर्ने तयारी

नारायणी पोस्ट
बिहिबार, भदौ १०, २०७८

२०७८ भदौ १० गते

काठमाडौं । नेकपा एमालेले दल विभाजनविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ।

एमाले केन्द्रीय समितिको बैठकमा आज मुद्दा दायर गर्ने विषयमा छलफल हुँदैछ।

एक केन्द्रीय सदस्यका अनुसार माधव नेपालले गरेको दल विभाजन कानुनविपरीत रहेको जिकिरसाथ मुद्दा दायर गर्ने एमालेको तयारी छ।

तर त्यसअघि केन्द्रीय समितिमा छलफल हुने ती नेताले बताए।

एमाले केन्द्रीय समिति बैठक आजै बस्दैछ।

एमालेले पार्टीले कारबाही गरेका नेताहरूलाई आधार मानेर निर्वाचन आयोगले सनाखत गरेकाले त्यसलाई मान्यता नदिन मुद्दा दायर गर्ने तयारी गरेको हो। यसअघि नै एमालेले पार्टीले माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेकोले ती सांसदको सनाखत नगराउन निर्वाचन आयोगलाई आग्रह गरेको थियो।

'हामीले सरकारले ल्याएको अध्यादेश गलत थियो भनेका थियौं', ती केन्द्रीय सदस्यले भने, 'अध्यादेशलाई आधार मान्ने हो भने पनि पार्टीले कारबाही गरेका मान्छेको सनाखत गरिएको छ। त्यसैले केन्द्रीय समितिले निर्णय गरे हामी मुद्दामा जान्छौं।'

एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो। तर सभामुख अग्नि सापकोटाले एमाले सांसदका रूपमा प्रतिनिधि सभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी आयोगलाई पठाएका थिए।

सभामुखले १५ दिनभित्र सूचना टाँस्नुपर्ने व्यवस्था कानुनमा छ। निर्वाचन आयोगले हतार हतार त्यति समय नपर्खि निर्णय गरेको छ', ती केन्द्रीय सदस्यले भने, 'आयोगले तत्काल सनाखत गर्नुपर्ने कुनै कारण थिएन। सभामुखले विचाराधीन राखेको सांसदलाई कारबाही गर्ने विषयमा निर्णयमा पुग्नु हुन्थेन।'

नेकपा एमालेबाट विभाजन भएर बुधबार माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको छ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram