NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

स्कुटर चोरेर भाग्दै गरेका एक जना पक्राउ

नारायणी पोस्ट
बिहिबार, भदौ १०, २०७८

२०७८ भदौ १० गते

काठमाडौँ । ट्राफिक प्रहरीले गोकर्णेश्वरबाट स्कुटर चोरीमा संलग्न १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिराहा कर्जना नगरपालिका वडा नं. २ भुल्के घर भई काठमाडौँ गौरीघाट बस्ने वर्ष २४ को अर्पण महत छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार उनी बा ७० प ५०५३ नम्बरको हरियो रङको डिओ स्कुटर चोरी गरि भाग्दै गर्दा गोकर्णेश्वरको अर्याल गाउँबाट पक्राउ परेका हुन् ।

ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उक्त स्कुटर धनी काभ्रे पाँचखाल घर भई गोकर्णेश्‍वर नयाँबस्ती बस्ने प्रविन श्रेष्ठको भएको जानकारी दिए । एसएसपी भट्टराईका स्कुटर धनी श्रेष्ठले यही भदौ ९ गते अन्दाजी १२ बजे हराएको भनी चोरको हुलिया जानकारी गराएका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. परिवर्तन गर्ने अवसरको खोजी गर्दै हिँडेको अवस्थामा दिउँसो ४ बजे महतलाई फेला पारेको हो ।

स्कुटर धनी श्रेष्ठको निवेदनका आधारमा स्कुटर सहित मानिसलाई थप अनुसन्धान एव कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासले जानकारी दिए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram