NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

टेलिकमका कर्मचारीको आन्दोलन स्थगित

नारायणी पोस्ट
आइतवार, भदौ १३, २०७८

२०७८ भदौ १३ गते

काठमाडौं । आन्दोलनरत नेपाल टेलिकमका आन्दोलनरत कर्मचारीले आन्दोलन रोकेका छन् । टेलिकम व्यवस्थापनसँग २९ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरेका हुन् । टेलिकमका तीनैवटा कर्मचारी ट्रेड युनियनहरु ‘कर्मचारी विनियमावली’ को विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए । ४० दिनभन्दा बढी आन्दोलन गरेपछि कर्मचारी र टेलिकमको व्यवस्थापनबीच सहमति बनेको हो ।

खासगरी, नवौं तहसम्मका कर्मचारीलाई ट्रेड युनियनको मान्यता दिने प्रावधान घटाइएपछि कर्मचारी आन्दोलित बनेका थिए । उक्त प्रावधानलाई घटाएर व्यवस्थापनले ७ तहमा झारेको थियो । कर्मचारी र व्यवस्थापनबीच भएको सहमतिअनुसार ११ तहमा पाँच वर्ष र १० तहमा ८ वर्ष सेवा अवधि पुगेपछि स्वतः अवकाश हुने व्यवस्था कायम हुनेछ । यो व्यवस्था कायम गर्नका लागि ‘कर्मचारी विनियमावली, २०७८’ संशोधन गर्न दुई पक्षबीच सहमति भएको छ ।

त्यस्तै कम्पनीको कुनै कर्मचारी प्रबन्ध निर्देशक पदमा नियुक्त भए नियुक्त भएको मितिदेखि कम्पनीको सेवाबाट स्वतः अवकाश हुने व्यवस्थासमेत कायम गर्नेगरी संशोधनका लागि लोकसेवा आयोगमा लेखी पठाउने सहमति भएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram