NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

तालिबानद्वारा अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक

नारायणी पोस्ट
आइतवार, भदौ १३, २०७८

२०७८ भदौ १३ गते

काठमाडौं । तालिबानले अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको कार्य अन्तिम चरणमा पुर्‍याएसँगै तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थलमा जान रोक लगाएको हो ।

पश्चिमा मुलुकका नेताहरुले अगष्टको अन्तिमसम्म आफ्नो सेनाको लागि काम गर्ने सबैलाई उद्धार गर्न नसकिने बताइसकेका छन् । यद्यपि आगामी दिनमा तालिबानसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनीहरुको भनाइ छ ।

अमेरिकाको गठबन्धनमा आबद्ध सबैजसो मुलुकले अफगानिस्तानबाट उद्धारको काम सकिसकेका छन् । तर, अमेरिकाले भने अगष्टको अन्तिमसम्म उद्धारको कार्य जारी राख्ने बताएको छ ।

अमेरिकाको तथ्यांकअनुसार अगष्ट १४ यता अमेरिकी सेनाले एक लाख १२ हजारभन्दा धेरैलाई अफगानिस्तानबाट उद्धार गरिसकेको छ । जुलाईको अन्तिमयता उसले एक लाख १७ हजारभन्दा धेरै मानिसको उद्धार गरेको छ । शनिबार बेलायतले अफगानिस्तानको अन्तिम उद्धार उडान भरेको थियो ।

यसैबीच तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्नो संगठनले विमानस्थलको केही भाग नियन्त्रणमा लिइसकेको बताएका छन् । साथै अमेरिकी सेना हटेसँगै विमानस्थललाई शान्तिपूर्ण रुपमा नियन्त्रणमा लिन तयार रहेको मुजाहिदले बताएका छन् । यद्यपि अमेरिकी सेनाले भने विमानस्थल पूर्ण रुपमा आफ्नो नियन्त्रणमा रहेको बताएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram