NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

कक्षा १२ को परीक्षा स्थगित हुँदा विदेशमा पढ्न चाहनेहरु चिन्तित

नारायणी पोस्ट
सोमवार, भदौ १४, २०७८

२०७८ भदौ १४ गते

काठमाडौं । कक्षा १२ को परीक्षा पटक–पटक स्थगित हुँदा विदेश पढ्न जाने तयारीमा रहेका विद्यार्थीहरु मारमा परेका छन् ।

गत जेठ २६ गते हुने तय भएको कक्षा १२ को परीक्षा कोरोना महामारी फेरि बढ्न थालेपछि सरकारले स्थगित गरेको थियो । त्यसपछि पुनः साउन ३१ गतेदेखि तय भएको परीक्षा पनि कोरोना महामारीकै जोखिमका कारण स्थगित भयो ।

दोस्रो पटक परीक्षा स्थगित भएको तीन हप्ता बितिसक्दा पनि राष्ट्रिय परीक्षा बोर्डले अर्को परीक्षा मिति तोक्न सकेको छैन ।

विद्यार्थीको चिन्ता

परीक्षा स्थगित हुँदा एक वर्ष त्यसै खेर जाने जोखिम बढेको विद्यार्थीहरुको गुनासो छ । अमेरिकामा नर्सिङ पढ्न जाने तयारीमा रहेकी निर्भाना महतले कक्षा १२ को परीक्षा नभएकै कारण आफ्नो एक वर्ष खेर जाने जोखिम बढेको बताइन् । ‘कन्सल्टेन्सीले यो महिनाभित्र परीक्षा भयो भने मिल्छ, नभए अर्को वर्ष मात्रै मिल्छ भनेको छ’ उनले भनिन् ।

अरु तहको परीक्षा भइरहे पनि १२ कक्षाको मात्रै परीक्षा रोक्दा धेरै विद्यार्थी मारमा परेको निर्भाना बताउँछिन् । ‘अब पनि परीक्षा भएन भने विदेश पढ्न जान चाहनेको धेरैको वर्ष खेर जान्छ’ उनी भन्छिन् ।

विदेशमा पढ्न जाने तयारीमा रहेकी मन्दिरा केसी पनि कक्षा १२ को परीक्षा कुरेर बसेकी छन् । परीक्षा नभई विदेशका विश्वविद्यालयमा भर्नाका लागि आवेदन दिन नमिल्ने भएपछि उनी समस्यामा परेकी छन् ।

राजनीतिशास्त्र पढ्न अमेरिका अथवा जर्मनी जाने योजना बनाएकी उनले यो वर्ष आवेदन दिएपछि अर्को वर्ष मात्रै पढ्न पाउँछिन् । अर्को वर्ष पढ्नको लागि नोभेम्बर महिनासम्म परीक्षाको नतिजा र प्रमाणपत्र पाइसक्नुपर्छ । नभए उनको एक वर्ष खेर जानेछ ।

‘परीक्षा छिटो भयो भने ट्रान्सक्रिप्ट पनि छिटो आउने हो । अहिलेसम्म परीक्षा कहिले हुने थाहा छैन । कहिले परीक्षा हुने, कहिले डकुमेन्ट तयार भएर हामीले पाउने डरै छ’ मन्दिराले भनिन् ।

प्राज्ञी श्रेष्ठ अमेरिका बायोलोजी पढ्न जाने तयारीमा छिन् । तर कक्षा १२ परीक्षा नहुँदा समस्या भइरहेको छ । उनले अहिले कक्षा ११ को नतिजा र कक्षा १२ को आन्तरिक मूल्यांकन नतिजाको आधारमा आवेदन दिन त पाउँछिन् तर कक्षा १२ को अन्तिम परीक्षाको नतिजाले धेरै फरक पार्छ ।

विदेश पढ्न जानेहरुका लागि अहिले विश्वविद्यालय खोज्ने समय हो । तर परीक्षाको मिति तय नहुँदा विश्वविद्यालयबारे खोज्न, बुझ्न नपाएको प्राज्ञी बताउँछिन् । भन्छिन् ‘अहिले हामीले पढ्ने विषय, युनिभर्सिटी खोज्ने, बुझ्ने समय हो । कत्ति धेरै पढनुपर्ने, बुझ्नुपर्ने हुन्छ त्यो सबै बुझेपछि बल्ल अप्लाई गर्ने हो । तर इक्जाम (परीक्षा) नै कहिले हुने थाहा छैन । १२ कै परीक्षाको लागि रिभिजन गर्दै बसिरहनुपरेको छ ।’ परीक्षा हुन ढिलाइ भएका कारण आफूले चाहेको विश्वविद्यालय पढ्न नपाउने हो कि भन्ने चिन्ता लागेको प्राज्ञी बताउँछिन् ।

कोरोना भाइरसको महामारीका कारण विदेश पढ्न जाने धेरै विद्यार्थीलाई असर गरेको नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे बताउँछन् । सामान्यता विदेशका विश्वविद्यालयहरुले अगष्ट–सेप्टेम्बर र जनवरी–फेब्रुअरी गरी दुई पटक भर्ना लिने गरेका छन् ।

हाल अमेरिका र बेलायतले सीमा नाका खुला गरेका छन् । तर नेपालमा कक्षा १२ को परीक्षा नभएकाले विद्यार्थीहरु जान सक्ने स्थितिमा छैनन् । ‘अहिले भर्ना आवेदनको लागि प्रिपरेसन गरेर बसेका धेरै विद्यार्थी छन् । तर १२ कक्षाको परीक्षा नहुँदा रोकिएका छन्’ पाण्डेले भने ।

पढाइका लागि धेरै विद्यार्थीको रोजाइमा पर्ने जापान र अष्टे«लिया, न्यूजिल्यान्डको सीमा नखुल्दा २०१९ र २०२० मा भिसा लागेका विद्यार्थी पनि अड्किएको उनी बताउँछन् ।

अध्ययन स्वीकृति लिनेको संख्या कम

शैक्षिक सत्र २०७७/०७८ मा अध्ययनका लागि विदेश जान २७ हजार ९७८ जनाले स्वीकृति लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नो अब्जेक्सन लेटर (एनओसी) शाखाका प्रमुख नारायण पोख्रेलले बताए । उनी भन्छन् ‘अहिले कक्षा १२ को परीक्षा नभएकोले अध्ययन स्वीकृति लिनेको संख्या केही कम भएको छ ।’

कक्षा १२ बाहेक त्रिविले लिने परीक्षा भने कोरोना महामारीकै बीच पनि सञ्चालन भयो । तर कक्षा १२ को परीक्षा सञ्चालन नगरेकामा सरोकारवालाले प्रश्न उठाएका छन् ।

भदौ ८ गते बसेको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीलाई खोप लगाएर परीक्षा सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । बोर्डले परीक्षा मिति तय भएपछि १५ दिनअघि सूचना जारी गर्ने बताउँदै आएको छ ।

तर आइतबारसम्म बोर्डले छलफल चलिरहेको र मिति तय हुन बाँकी रहेको जनाएको छ । बोर्डका अनुसार पौने चार लाख विद्यार्थी परीक्षाको लागि तयारी अवस्थामा रहेका छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram