२०७८ भदौ १४ गते
काठमाडौं । उत्तर कोरियाले आफ्नो यंगब्यन परमाणु रियाक्टरलाई पुनः सुरु गरिदिएको संयुक्त राष्ट्रको परमाणु एजेन्सीले एक रिपोर्टमा बताएको छ ।
यो रियाक्टरमा परमाणु हतियारका लागि प्लूटोनियम तयार गरिएको मान्यता राखिन्छ ।
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आइएईए) लाई उत्तर कोरियाले सन् २००९ मा देशबाट बाहिर गरिदिएको थियो र उसको आँकलन सेटलाइट तस्बिरमा मात्रै निर्भर छ ।
एजेन्सीले आफ्नो हालैको रिपोर्टमा जुलाईको सुरुवातदेखि ‘रियाक्टरमा भएको लगातारको गतिविधिमार्फत्’ यो पुनः सुरु भएको संकेत मिलिरहेको बताएको छ ।
एजेन्सीका अनुसार रियाक्टरमा जुलाईदेखि कुलिङ वाटर निस्किरहेको जसले बताउँछ कि यो चलिरहेको छ ।
यंगब्यन परमाणु कम्प्लेक्स के हो ?
यंगब्यन ५ मेगावाट रियाक्टरको एउटा न्यूक्लियर कम्प्लेक्स हो जसलाई उत्तर कोरियाको परमाणु कार्यक्रमको केन्द्र मानिन्छ ।
डिसेम्बर सन् २०१८ पछि रियाक्टरमा यस प्रकारको गतिविधिको यो पहिलो संकेत हो । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र किम जोङ उनको सिंगापुरमा पहिलो भेटवार्ता भएको थियो ।
यंगब्यनमा विशेषज्ञले निकै लामो समयदेखि निगरानी गरिरहेका छन् । यसमार्फत् उत्तर कोरिया कति हतियार बनाउन सक्षम छ भनेर पत्ता लगाउने कोसिस गरिरहेका छन् ।
आइएईएले रियाक्टरमा ताजा गतिविधिले त्यहाँ रेडियोकेमिकल लेबोरेटरीमा रियाक्टर इन्धनलाई अलग गरेर परमाणु हतियारमा प्रयोग गर्न प्लूटोनियम निकालिँदैछ भन्ने चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रको एजेन्सीले यसअघि जूनमा यो लेबोरेटरीको विषयमा चेतावनी दिएका थिए ।
दक्षिण कोरियाको निगरानीः
ताजा रिपोर्टमा बताइए अनुसार ल्याब पाँच महिनादेखि चलिरहेको र त्यहाँ जुलाई २०२१ सम्म काम जारी थियो । यसमा खर्च भइसकेको इन्धनको एउटा पूरा ब्याचमा काम गरिएको बताइएको छ ।
साथै उसका अनुसार यो नयाँ गतिविधिले ‘अत्यधिक चिन्ता पैदा गर्ने खालको हो’ र यो संयुक्त राष्ट्र सुरक्षा परिषदको संकल्पको सिधा उल्लंघन हो ।
दक्षिण कोरियाका विदेशमन्त्रीले समाचार एजेन्सी यनहपसँग भने, ‘उत्तरको परमाणु र मिसाइल गतिविधिमा अमेरिकाले निकै सूक्ष्म तरिकाले निगरानी गरिरहेको छ ।’
आईएईएको निगरानीकर्ता देशबाट निस्किएपछि उत्तर कोरिया लगातार परमाणु हतियार बनाइरहेको छ र उसले आफ्नो अन्तिम परीक्षण सन् २०१७ मा गरेको थियो ।
के भन्छन् विशेषज्ञ ?
बीबीसीकी सोल संवाददाता लौरा बिकर भन्छिन्, ‘डोनल्ड ट्रम्पसँग कुराकानीका बेला किम जोङ उनले यंगब्यन परमाणु कम्प्लेक्सलाई केन्द्रमा राखेका थिए ।’
‘५ मेगावाट रियाक्टर भएको यो स्थान हतियार बनाउनका लागि आवश्यक प्लुटोनियमको मुख्य स्रोत हो । यद्यपि, थुप्रै विश्लेषकले यो निकै पुरानो भइसकेको कुरामा पनि जोड दिन्छन् ।’
‘कुराकानीका बेला यो कम्प्लेक्सलाई ध्वस्त पारिदिने भन्ने विषयमा सम्झौता गर्ने कोसिस गरिएको थियो र यसको बदलामा अमेरिकाले प्रतिबन्ध खुकुलो बनाउनुपर्ने बताइयो तर कथित रुपमा डोनल्ड ट्रम्पले यो खारेज गरिदिएका थिए । यसमा मेरो बुझाई के छ भने यसैकारण दुई नेताबीच सन् २०१९ मा हनोईमा कुराकानीको निष्कर्ष निस्कन सकेन ।’
‘जनवरीमा किम जोङ उनले उनले परमाणु हतियार अब पुनः विकसित गर्ने दोहोराएका थिए । उनले अब आफ्ना वैज्ञानिकले साना आकारका र सामरिक हतियार र ‘सुपर लार्ज हाइड्रोजन बम’ बनाउन काम गर्ने बताएका थिए ।’
‘अहिलेसम्म उत्तर कोरियाले यी परियोजनामा काम गरिरहेको छ भन्ने निकै कम संकेत छ ।’
यसको बावजूद यो शासनको ध्यान देशको खराब हुँदै गएको अर्थव्यवस्था र खानाको कमीमा केन्द्रीत छ । यसले लाग्छ कि केही परिवर्तन भएको छ ।
‘यद्यपि, विशेषज्ञका लागि अहिले पनि सेटलाइट इमेजबाट एउटा स्पष्ट तस्बिर पेश गर्नु मुश्किल छ । यंगब्यनमा आखिर के चलिरहेको छ तर रिपोर्टले बताउँछ कि नयाँ गतिविधि निकै खेदजनक छ ।’
बीबीसी