NarayaniPost.com
बुधबार, असार २७, २०८०

माओवादी केन्द्रको युवा संगठन वाइसिएलले अध्यक्षविना केन्द्रीय समिति घोषणा गर्ने

नारायणी पोस्ट
मङ्लबार, भदौ १५, २०७८

२०७८ भदौ १५ गते

काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले अध्यक्ष नचुनी नयाँ केन्द्रीय समिति घोषणा गर्ने भएको छ ।

राष्ट्रिय भेला अन्तर्गत अहिले जारी बन्दसत्रबाट केन्द्रीय समिति घोषणा हुने र सोही समितिले पछि पदाधिकारी चयन गर्ने वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए ।

वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुवोध सेर्पालीले दाबी गर्दै आएका छन् । सहमति जुटाउने प्रयासमा पार्टीका नेताहरु र वाइसिएल पदाधिकारी सक्रिय छन् ।

सहमतिको प्रयासमा मंगलबार बिहान वाइसिएल नेताहरु पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटारस्थित निवासमा पुगेका थिए । ‘छलफलमा अहिले केन्द्रीय सदस्यहरुमात्र घोषणा गरेर भेला टुंग्याउने कुरा भयो,’ वाइसिएलका एक नेताले भने, ‘पछि पार्टी अध्यक्ष प्रचण्ड पनि सहभागी हुने त्यो केन्द्रीय समितिको बैठकले नयाँ नेतृत्व चयन गर्ने छ ।’

नयाँ नेतृत्व चयनका लागि वाइसिएलको राष्ट्रिय भेला भर्चअुल विधिबाट भदौ १२ गतेदेखि सुरु भएको थियो । नयाँ नेतृत्व चयन गर्दै भदौ १३ गते नै भेला सक्ने योजना थियो । तर नेतृत्वको विषय टुंगो नलाग्दा भेला पनि लम्बिएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram