NarayaniPost.com
मङ्लबार, माघ २३, २०८०

प्लास्टिकजन्य फोहोर चिन्ताजनक

नारायणी पोस्ट
मङ्लबार, भदौ १५, २०७८

२०७८ भदौ १५ गते

काठमाडौं । काठमाडौँमा मात्र दैनिक ४ लाख ७० हजारदेखि ४ लाख ८० हजारवटा प्लास्टिकका झोला दैनिक प्रयोग हुन्छन् ।

नेपालभर उत्पन्न हुने करिब १६ प्रतिशत सहरी फोहोरमैला प्लास्टिकजन्य उत्पादनबाट हुन्छ । यसबाट २.७ टन दैनिक प्लास्टिकजन्य फोहोर मैला निस्कन्छ ।

हामी दैनिक प्रयोगका आधारमा हेर्ने हो भने अनुसन्धानकर्ताको दाबीअनुसार जनसमुदायले आजसम्म १ करोड टन प्लास्टिक उत्पादन गरेका छन् । यसमध्ये धेरैजसो प्रकृतिमा विलिन भएर जान्छ । यसले मानव समुदाय तथा पर्यावरणलाई हानि पु¥याउँछ ।

मुलुकका मुख्य महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका, मुख्य राजमार्गमा खुलेका होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरू प्लास्टिकजन्य फोहोरमैला उत्पादन गर्ने मुख्य जिम्मेवार पक्ष मानिन्छन् । यसरी उत्पादित प्लास्टिकजन्य फोहोरमैलामध्ये आधा मात्र उचित तरिकाले व्यवस्थापन हुन्छ । बाँकी हाम्रा महानगर, उपमहानगर, नगरका चोक, गल्ली र बाटामा छरपस्ट देख्न सकिन्छ ।

नेपालभरि वर्षमा ५६ लाख केजी प्लास्टिकजन्य फोहोर उत्पादन गर्ने लाजमर्दो क्षमता राख्छ । त्यसमध्ये लगभग आधा फोहोर राम्रोसँग सङ्कलन हुन पाउँदैन । परिणाम हाम्रा नदीनाला तथा परिस्थितिकीय तन्त्र दिनहुँ गम्भीर रूपले विषक्त हुँदै गइराखेका छन् । वास्तवमा प्लास्टिकको फोहोरले एक्लै नेपालमा मात्र पीडित छैन, बरु यो एउटा विश्वकै समस्या रहेको देखिन्छ । संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कले यसको विभीषिका वर्णन गर्छन् । आज सम्पूर्ण विश्वमा प्रतिवर्ष दस खर्ब प्लास्टिकका झोला प्रत्येक मिनेट प्रयोग गरेर बाहिर फ्याकिन्छन् ।

यसबाट के प्रष्ट हुन्छ भने यसको अधिकांश हिस्सा न त पुनः प्रयोग गर्न सकिन्छ न फोहोरका रूपमा सङ्कलन हुन्छ । आखिरमा जान्छ कहाँ त ? वास्तवमा यो फोहोर हाम्रो धरतीमा धस्सिराखेको हुन्छ, जहाँ यो सयकडौँ वर्षसम्म नष्ट नभई बसी राख्छ । यसको असरले धरतीमा रहेका अमूल्य दुर्लभ पशु पन्छी, मानिस र बोट बिरुवा मारिरहेका छौँ । यसको धेरैजसो हिस्सा नदीनाला हुँदै महासागरमा जाने गर्छ । वास्तवमा यस्तो फोहोर सबै पछिल्लो कैयौँ दशकदेखि भइराखेको छ । यो सबै फोहोर महासागरको गायरमा जम्मा हुँदै गएको छ ।

महासागरको स्थिति पनि प्रदूषणले गर्दा धेरै विनाशकारी हुँदै गइराखेको छ । सम्भवतः अधिकांश वैश्विक जगत् र आधुनिक मानव समाजलाई के महसुस भएको छैन भने यो सम्पूर्ण सभ्यता नै पर्यावरण प्रदूषणका रूपमा ज्वालामुखीको मुहानमा बसेको छ । फलफूल तथा तरकारीहरू केटाकेटीको दूध खाने बोतल, पिउने पानीको बोतल, कोल्ड ड्रिङ्क्सका बोतल तथा अन्य पदार्थ पूर्ण रूपमा प्लास्टिकमा निर्भर छन् ।

समयको साथसाथै यी प्लास्टिकबाट विष फिनोल रसाउन थाल्छ र यी पदार्थहरूमा मिसिएर हाम्रो शरीरमा पुग्छ । प्लास्टिकले हाम्रो शरीरमा हुने उपस्थिति कैयौँ पुस्तासम्म आफ्नो कुप्रभाव फैलाउन सक्छ । प्लास्टिकजन्य फोहोरमैला आज विश्वसामु परमाणु अस्त्रको प्रयोगभन्दा कैयौँ गुना खतरा देखिन्छ ।

गायर हावा र पानीबाट बनेको यस्तो प्राकृतिक भुमरी हो, जुन उत्तरी गोलाद्र्धमा घडीको सुइको दिशामा घुम्छ । दक्षिण गोलाद्र्धमा विपरीत दिशामा यी भुमरीहरूको गति आफै माध्यमबाट सुस्त हुन्छ । यो त्यही ठाउँ हो जहाँ फोहोर प्लास्टिक जम्मा भइराखेको छ ।

हाम्रा महासागरमा जम्मा पाँच गायर छन् । यिनमा सबैभन्दा ठूलो गायर हो ग्रे पेसिफिक फोहोरमैला क्षेत्र । यस गायरको कुल क्षेत्र १४ लाख किलो मिटर छ । यो सम्पूर्ण विश्वले फ्याँकेको प्लास्टिक फोहोरलाई एकीकरण गर्ने सबैभन्दा ठूलो केन्द्र मानिन्छ । आज हाम्रा महासागरहरूमा कुल ५० लाख वर्ग माइलको सतहमा प्लास्टिकको फोहोर तैरिरहेको छ । यो एउटा विस्फोट स्थिति हो, जुन निरन्तर वृद्धि हुँदै छ ।

प्लास्टिक फोहोरको दुष्परिणाम

प्लास्टिकजन्य फोहोर एकदमै जटिल हुन्छ । यो कहिले पनि नष्ट हुँदैन । यो विनाश नहुने घातक फोहोरका कारण लगभग एक लाखभन्दा बढी दुर्लभ समुन्द्री जीव प्रतिवर्ष मारन्छिन् । समुद्रमा ६० हजारभन्दा बढी प्लास्टिकका झोला हर समय तैरिराखेका हुन्छन् । जुन प्लास्टिकको फोहोरलाई रिसाइक्लिन गरिन्छ । त्यसमा प्रतिटन हजारौँ रुपियाँ खर्च लाग्छ । जुन त्यसको वास्तविक मूल्यभन्दा धेरै बढी हुन जान्छ । यसरी गरिएको फोहोर रिसाइक्लिनबाट पनि पर्यावरणलाई कुनै ठूलो लाभ प्राप्त हुँदैन । किनभने यो फोहोरको असर हाम्रो शरीरमा प्रवेश गरिसकेको छ । एक अध्ययन अनुसार प्लास्टिक बन्ने विष फेनोलले प्रत्येक केटाकेटी, युवा र वृद्धको शरीरमा भेटिन थालेका छ ।

आजभोलि फलफूल, तरकारी, बच्चाले खाने दूधको बोतल, पानीका बोतल, कोल्ड ड्रिङ्क्सका बोतल र अन्य खाद्ययपदार्थ सम्पूर्ण रूपमा प्लास्टिक माथि निर्भर छन् । समयसँगै यी प्लास्टिकका वस्तुबाट विष फेनोल रसाउन थाल्छ र खाद्य पदार्थमा मिसिएर हाम्रो शरीरमा पुग्छ । यस्ता खानपानका माध्यमबाट प्लास्टिकमा रहेका केमिकलले कैयौँ पुस्तासम्म कुप्रभाव फैलाउँछ ।

यो एकदमै ठूलो समस्या हो । प्रत्येक व्यक्तिले सम्भव भएसम्म प्लास्टिकको उपयोग नगरौँ । प्लास्टिकजन्य फोहोर फैलिन नदिऊँँ । पर्यावरणका लागि धेरै नोक्सान पु¥याउने प्लास्टिकको झोलाहरूमा प्रतिबन्ध लगाउनका लागि कानुन त पहिले पनि बनाइएको छ तर यसको उपयोग प्रभावकारी हुन सकेको छैन । प्रत्येक नागरिकलाई प्लास्टिकको दुरूपयोगबाट हुने खतराबारे सचेतना गराउनुपर्ने हुन्छ । साथै प्लास्टिक उत्पादनमा तत्काल प्रभावकारी रूपले प्रतिबन्ध लगाऔँ ।

यसबाट निस्कने धुवाँले पर्यावरणलाई मात्र नभई जनसमुदायका लागि पनि खतरा बन्दैछ । प्लास्टिकजन्य फोहोर बाल्दा निस्किने विषालु ग्यासले कैयौँ प्रकारका रोग उत्पन्न हुन्छ । साथै त्यसले पर्यावरणलाई पनि ठूलो नोक्सान पु¥याउँछ । यो धुवाँ स्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित मानिसका लागि खतरनाक हुन्छ । सबैभन्दा खतरनाक स्थिति के छ भने जमिनमा रहेको प्लास्टिकजन्य फोहोर वर्षातको पानीमा मिसिएर खतरनाक रसायन उत्पन्न हुन्छ । यो रसायनले मानव जातिलाई विनास गर्दै लैजान्छ ।

अझै पनि यो समस्याबारे राज्यको नीति निर्माण र कार्यान्वयन तहका सरोकारवालाले नसोच्ने हो भने आउँदा दिनमा यसको दुष्परिणाम भावी पुस्ताले पनि भोग्नुपर्ने हुन्छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram