NarayaniPost.com
बिहिबार, असार २८, २०८०

बार्सिलोनाको केन्द्रमा टाँगियो मेस्सीको तस्बिर

नारायणी पोस्ट
मङ्लबार, भदौ १५, २०७८

२०७८ भदौ १५ गते

काठमाडौं । लियोनल मेस्सीले पेरिस सेन्ट जर्माइनबाट डेब्यु गरिसकेका छन् । उनले आइतबार रेइम्सविरुद्धको खेलमार्फत पिएसजीको ३० नम्बरको जर्सी लगाए । तर बार्सिलोनामा उनको इतिहास र लोकप्रियता सधै रहिरहनेछ । अझै पनि केही व्यवसाहिक कम्पनीहरुसँग मेस्सीको सम्झौता बाँकी नै छ । पछिल्लो समय हार्ड रक क्याफेले आफ्नो ५० औं वर्षगाँठ मनाउने क्रममा बार्सिलोना शहरको केन्द्रमा मेस्सीको तस्बिर अनावरण गरेको छ ।

यो चेन रेस्टुरेन्ट बार्सिलोनामा निकै प्रसिद्ध छ । यस रेस्टुरेन्टले सार्वजनिक गरेको तस्विरमा मेस्सी गोल्डेन बलस समातेर कुर्सीमा बसिरहेका छन् र तस्बिरको दाहिनेपट्टी गितार पनि छ ।

बार्सिलोनाबाट मेस्सीले २१ वर्ष खेलेका थिए । यसमध्ये १७ वर्ष उनले बार्सिलोनाको सिनियर टोलीबाट खेले । यसक्रममा ३५ वटा ट्रफी जिते । उनले चारपटक च्याम्पियन्स लिग र १० पटक ला–लिगा जितेका छन् । बार्साका लागि सर्वाधिक धेरै ट्रफी जित्ने, सर्वाधिक धेरै खेल खेल्ने, सर्वाधिक धेरै गोल गर्ने, सर्वाधिक धेरै एसिस्ट गर्ने कीर्तिमान उनको नाममा छ । मेस्सीको नाममा सर्वाधिक ६ पटक बेलोन डि’अर उपाधि जित्ने कीर्तिमान पनि छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram