NarayaniPost.com
मङ्लबार, साउन २, २०८०

पहिरोले पुरिएर पोखरामा ३ जनाको मृत्यु

नारायणी पोस्ट
बिहिबार, भदौ १७, २०७८

२०७८ भदौ १७ गते

पोखरा । पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–२० भलाममा २ जना र पोखरा–११ काहुँमा १ जनाको मृत्यु भएको हो ।

भलाममा कृष्ण श्रेष्ठको टिनको घरमा पहिरो खस्दा कृष्ण र उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको छ । सुनमायाको घटनास्थलमै मृत्यु भएको हो भने ४५ वर्षीय श्रेष्ठलाई उपचारका लागि मणिपाल अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरे ।

उनीहरुका नौ वर्षीय छोरा राजकुमारको टाउकोमा चोट लागेकाले उपचार भइरहेको छ भने ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
यसैगरी पोखरा–११ काहुँ भञ्ज्याङ नमुनाटोलस्थित लक्ष्य नेपालीको घरमा पहिरो खस्दा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पहिरोमा पुरिएर घाइते ४२ वर्षीय लक्ष्य नेपालीलाई अस्पताल पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

नेपालीकी छोरी १४ वर्षीया सृष्टि घाइते छिन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । परिवारमा रहेका ५ जना मध्य श्रीमती र २ छोरा सकुशल छन् ।
यसैगरी पोखरा–११ काहुँ बसेरीस्थित एकदेव तिमिल्सिनाको ब्लकको घरमा पहिरो खस्दा एकदेव, उनकी श्रीमती रितु र छोरा गिरिश घाइते भएका छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram