NarayaniPost.com
शनिबार, असार ३०, २०८०

भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

नारायणी पोस्ट
बिहिबार, भदौ १७, २०७८

२०७८ भदौ १७ गते

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–६ सल्यान निवासी ६६ वर्षीया महिला र गढवा गाउँपालिका–६ दाङ निवासी ९५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिवेणी–६ सल्यान निवासी ६६ वर्षीया महिलाको गए राति मृत्यु भएको हो भने गढवा–६ दाङ निवासी ९५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

योसँगै बाँकेका अस्पतालमा उपचारका लागि आएका बाहिरी जिल्लाका नागरिकको कोरोनाबाट मृत्यु हुने सङ्ख्या ४०० पुगेको छ । बाँकेका अस्पतालमा १६४ सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । तीमध्ये सिकिस्त बिरामी १८, मध्यम बिरामी ३१ र चार जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति वलीले बताउनुभयो ।(रासस)

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram