NarayaniPost.com
सोमवार, साउन १, २०८०

ओलीले सत्ता बचाउँन नसक्दा ओली एमाले नेतृत्वको पत्तासाफ !

नारायणी पोस्ट
बिहिबार, भदौ १७, २०७८

२०७८ भदौ १७ गते

काठमाडौं । केन्द्रबाट सत्ता च्यूत हुन थालेको नेकपा एमालेको अब प्रदेशमा पनि एकपछि अर्को हुदै नेतृत्व पत्तासाफ हुने भएको छ । पहिले केन्द्र र चार वटा प्रदेशमा एमालेको नेतृत्व रहेका थियो ।

केन्द्रमा ओलीले आफ्नो नेतृत्व रहेको सरकार जोगाउन नसक्दा त्यसको असर प्रदेशमा पनि देखियो । केन्द्रमा ओलीले सत्ता बचाउँन नसकेपछि गडण्की प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेलको मुख्यमन्त्री गुमिसकेको छ ।

अब बाकि रहेको प्रदेश १ र बागमती प्रदेशमा एमालेका भीम आचार्य र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छन, तर दुबै जना अल्पमतमा छन र मुख्यमन्त्रीबाट राजिनामा दिनुको कुनै विकल्प छैन । यो संगै केन्द्र र सबै प्रदेश एमाले नेतृत्व र सहभाहि बिहिन हुने भएको छ ।

बागमती र प्रदेश नम्बर १ मा सरकार जोगाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रयास विफल हुने भएको छ । बागमती प्रदेशमा एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् ।

शाक्यले प्रदेश सभा सांसदहरुलाई मन्त्रीको अफर गरेर रोक्न खोजेपनि १२ जनाले नेकपा एस रोजेका छन् । अब उनले सरकार जोगाउन कि २२ भदौभित्र आफै नेकपा एसमा प्रवेश गर्नुपर्छ कि त अन्य दलसँग गठबन्धन गरेर बहुमत पुर्याउनुपर्छ । यो दुवै सम्भावना लगभग नभएकाले शाक्य पदमुक्त हुने निश्चित भएको छ ।

एमाले अध्यक्ष ओलीले शाक्यलाई मुख्यमन्त्री बनाएर माधव नेपालको पक्षमा जान रोकेका थिए । उनले बागमतीमा एमाले सरकार जोगाउन पनि यो कदम चालेका थिए । तर, उनी असफल हुने भएका छन् ।

अब नेकपा एमालेको सरकार कुनै पनि प्रदेशमा नरहने सम्भावना बढेको छ । प्रदेश नम्बर १ मा कति सांसदले नेकपा एस रोज्ने हुन् त्यसले त्यहाँको सरकार टिक्ने या नटिक्ने टुंगो लग्नेछ ।

प्रदेश नम्बर १ मा नेकपा एस रोज्न १० सांसद तयार देखिएका छन् । त्यो अवस्थामा एमालेको बहुमत मात्र गुम्दैन अन्य साना दलसँग मिल्दा पनि बहुमत पुग्दैन । मुख्यमन्त्री भीम आचार्य माधव नेपालको साथ जान लागेका ५ सांसदलाई रोक्न सक्रिय भएका छन् । त्यसका लागि मन्त्री पदको अफर समेत गरेका छन् । तर, राजेन्द्र राईले अझ बढी एमाले सांसद तान्न प्रयास गरेका छन् ।

प्रदेश नं १ पनि गुमेमा नेकपा एमालेको नेतृत्वको सरकार केन्द्र देखि ७ वटै प्रदेशहरुमा रहनेछैन । यसअघि गण्डकी र लुम्बिनी प्रदेशमा एमाले सरकार ढलिसकेको छ । एकपछि अर्को गर्दै ओली नेतृत्वको एमालेलाई देशभर प्रतिपक्ष बनाइने रणनीति सफल बन्दै गएको छ ।

स्थानीय निकायमा एमाले नेतृत्वको नगर र गाउँपालिका सरकारहरु रहेका छन् । तर, त्यहाँ पनि नेकपा एस रोज्नेहरुले गर्दा धेरै पकड गुम्ने देखिएको छ । यसरी ओलीले केन्द्र हुँदै प्रदेशहरुमा एमाले सरकार ढलेको घटना देखिरहेका छन् । ओली गुमाएको गुमायै छन् । अब एमाले सातै प्रदेशमा प्रतिपक्षी बन्दैछ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram