NarayaniPost.com
सोमवार, साउन १, २०८०

चितवन प्रहरीले फेला पार्‍यो एटुजेट मोबाइल पसलबाट चोरी भएका मोबाइल

नारायणी पोस्ट
शुक्रबार, भदौ १८, २०७८

चितवन, २०७८ भदौ १८ – पूर्वी चितवनको टाँडीमा रहेको एटुजेड मोबाइल हाउसबाट चोरी भएका मोबाइल चितवन प्रहरीले फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।

भदौ १२ गते राति ०१ः४४ बजे एटुजेट मोबाइल हाउसबाट विभिन्न कम्पनीका १९ थान मोबाइल, डमी मोबाइल १२ थान, ल्याप्टप १ थान, घडी ४ थान चोरी भएको थियो । ती समानहरु ६ लाख ३३ हजार बराबरका रहेका मोबाइल हाउसले जनाएको छ ।

चोरी भएका सबै समानहरु फेला पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीले समान चोरी गर्ने एक जना युवा र एक जना नाबालकलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका ४ स्थायी ठेगाना भएका हाल पूर्वी चितवनकै खैरहनी नगरपालिका– १ ज्यामिरेमा बस्दै आएका २२ वर्षीय कृष्ण तामाङ रहेका छन् । अर्काे व्यक्ति १६ वर्षीय नाबालक भएकाले नाम गोप्य राखिएको एसपी अधिकारीको भनाइ छ ।

उनीहरुले एटुजेट मोबाइल हाउसको तीनतल्ले भवनको भुईंतल्लामा रहेको सटरको ताल्चा रडले फोडी पसलबाट मोबाइल चोरेको पाइएको एसपी अधिकारीले बताए

मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम चारी गर्नेलाई ३ वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना सजाय हुने व्यवस्था रहेको उनले जानकारी दिए । स्रोत: नारायणी अनलाईन

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram