NarayaniPost.com
बुधबार, असार २७, २०८०

वीरगञ्जका बालबालिका तथा किशोर किशोरीलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम

नारायणी पोस्ट
आइतवार, भदौ २०, २०७८

२०७८ भदौ २० गते

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाबाट बालबालिका तथा किशोर किशोरीलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिइएको छ ।

त्यसका लागि महानगर अन्तर्गत रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धी ५ दिने ‘सेवा प्रदायक’ तालिम प्रदान दिइएको हो ।

भदौ ७ गतेदेखि ११ गतेसम्म, भदौ १३ गतेदेखि १७ गतेसम्म गरी दुई पटक तालिम भइसकेको वीरगवञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । ४० जना तालिममा सहभागी भईसकेका छन् ।

महानगरपालिका अन्तर्गत एउटा प्राथमिक स्वास्थ्य केन्द्र, १६ वटा स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र १ वटा, नगर स्वास्थ्य केन्द्र ४ वटा, आधारभूत स्वास्थ्य केन्द्र ८ वटा र सामुदायिक स्वास्थ्य इकाई १ वटा गरी ३० वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिइने महानगरले जनाएको छ ।

तालिममा सहभागीले स्वास्थ्य संस्था तथा समुदायमा मानसिक स्वास्थ्य समस्या भएका बालबालिका तथा किशोर किशोरी पहिचान गर्ने, आफ्नो तर्फबाट सक्ने खालका समस्या समाधान गर्ने र जटिल समस्या देखिएको अवस्थामा मानसिक रोग विशेषज्ञ डाक्टर समक्ष रिफर गरि उपचारमा सहयोग गर्ने स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए ।

‘अध्ययनका क्रममा सबैले मानसिक स्वास्थ्य समस्या र त्यसको निदानका बारेमा अध्ययन त गरेका हुन्छन् । तर सेवा प्रदायकलाई दिने तालिमले उनीहरुलाई थप दक्षता प्रदान गर्दछ ।’ उनले भने ।

बालबालिका तथा किशोर किशोरीमा पनि चिन्ता, दिक्दारीपन, पागलपन, मानसिक विछिप्तता, छारे रोग जस्ता समस्या देखिन सक्छ । बच्चा तथा किशोरा अवस्थामा मानसिक स्वास्थ्यमा समस्या देखिँदा उनीहरुको वृत्ति विकासमा असर पर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

‘सबै मानिसक समस्या रोग हुँदैन । पहिचान गर्नुपर्छ । बालबालिका तथा किशोर किशोरीहरुमा डराउने, झस्कने, एकोहोरो टोलाएर बस्ने, होमवर्कहरु नगर्ने, नसुत्ने, जे पायो त्यहि बोल्ने जस्ता समस्या पो देखिएको छ कि ?’ जनस्वास्थ्य निरीक्षक ठाकुरले भने ‘मानसिक समस्या देखियो भने उनीहरुको भविष्य राम्रो हुँदैन, समयमा काउन्सिल भयो भने समाधान हुन्छ । रोग नै रहेछ भने पनि उपचार संभव छ ।’

मानसिक रोग विशेषज्ञ डाक्टर भरत कुमार गोईतले कोरोना महामारीमा विद्यालय नखुल्दा बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको बताए ।

‘बालबालिकामा डर त्रासको र किशोर किशोरीमा एन्जाईटी र डिप्रेसनको समस्या देखियो ।’ उनले भने ‘ स्कुल नभएपछि मोबाईलको लत लागेको छ, सामाजीकीकरण नहुँदा झनक्क रिसाउने, नसुत्ने जस्ता समस्या देखिएका छन्, कतिपय अभिभावक बालबालिका र किशोर किशोरीलाई लिएर चेकजाँचका लागि आएका पनि छन् ।’

अभिभावकले बालबालिका तथा किशोर किशोरीको कुरा सुन्ने, उनीहरुलाई प्रयाप्त समय दिने, बालबालिकाले सोधेका प्रश्नको सही उत्तर दिने, इन्डोर र आउट डोर खेलहरुमा बालबालिका तथा किशोर किशोरीलाई सहभागी गराउने र सामाजिक सञ्जालमा कम समय विताउन लगाउने गर्नुपर्ने उनको सुझाव छ ।

सरकारले विद्यालयमा मानसिक स्वास्थ्य सचेतनाका कार्यक्रम, किशोर किशोरी लक्षित मानसिक स्वास्थ्य कार्यक्रम अघि सार्नुपर्ने उनको सुझाव छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram