NarayaniPost.com
सोमवार, साउन १, २०८०

निकुञ्जको गैंडा बस्ती पस्दा स्थानीयमा त्रास

नारायणी पोस्ट
सोमवार, भदौ २१, २०७८

२०७८ भदौ २१ गते

चितवन । चितवन राष्ट्रिय निकुञ्जका एकसिंगे गैंडा यस आसपासका बस्तीमा पस्दा स्थानीयमा त्रास फैलिएको छ । निकुञ्ज आसपासका थुपै्र स्थानमा गैंडा पसेर सास्ती दिने गरेको छ । त्यसै मध्येको एउटा ठाउँ हो भरतपुर महानगरपालिका १६ शिवघाट ।

यहाँका स्थानीयहरुले वर्षेनी गैंडाबाट सास्ती खेप्दै आएका छन् । शिवघाट गैंडाको उच्च जोखिम क्षेत्र हो । शिवघाटका स्थानीयले निकुञ्जको गैंडा दैनिक रुपमा बस्ती पस्दा निकै सास्ती भोग्नु परेको बताएका छन् । गैंडालाई बस्ती पस्नबाट रोकिदिन जति पहल गरे पनि केही नभएको उनीहरुको गुनासो छ ।

स्थानीयले कोपिला शर्माले गैंडा वर्षाैंदेखि नारायणी नदीमा पानीको सतह कम भए लगतै गाउँमा पसेर दुख दिने गरेको बताइन् । काहिले काहीँ दिउँसोको समयमा पनि गैंडा बस्तीमै बास बस्ने गरेको बताउँदै शर्माले जसले सबैमा त्रास फैलिने गरेको बताइन् ।

यस्तै स्थानीय भिम अधिकारीले यस वर्ष नारायणी बढेका बेला गैंडा गाउँकै घोल खेतमा आएर बसेको बताए । गैंडा बस्ती र घोल क्षेत्रमा आउँदा गाउँलेलाई खेतीपाती थन्काउन र लगाउन निकै कठिन भएको उनले सुनाए ।

गैंडा बस्तीमा पसेर खेतबारीमा लगाएको धान, मकै, गँहु, तोरी, तरकारी र वस्तुभाउलाई लगाएको घाँस समेत खाँदै मडार्दै नष्ट गरिदिने गरेको स्थानीय सजिता ढकालले बताइन् ।

अर्की स्थानीय देवी गिरीका अनुसार साँझ ७–८ बजे गैंडा बस्ती पस्ने र बिहान ५ बजे जंगल फर्किने गर्छ । तर कहिलेकाही गंैडा बिहान नफर्किएर दिउँैसैसम्म बस्ने गर्दछ । जसले गर्दा मानिसहरुलाई हिँडडुल गर्न कठिन हुने गरेको उनले बताइन् ।

अर्का स्थानीय कासीराम शर्माले बिहानी पख शारीरिक व्यायामका लागि हिँड्न (मर्निङ वाल्क गर्न) गैंडाका कारण जोखिम रहेको बताए । बिहानी पख हिँड्नु निकै राम्रो भए पनि यस क्षेत्रका बासिन्दालाई बिहान हिँड्न डर रहेको उनले बताए । यस्तै बिहान तरकारी मण्डी जान, विद्यार्थीहरु स्कुल, कलेज, टिउसन कलास जान पनि जोखिम रहेको उनले बताए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram