२०७८ भदौ २२ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११७.२८ र खरिद मूल्य ११६.६८ रुपैयाँ तोकेको छ । आजको विदेशी मुद्राको विनिमयदर तोक्दै राष्ट्र बैंकले अमेरिकी मुद्राको विनिमय यस्तो कायम रहेको बताएको हो ।
यससँगै, आज एक युरोको बिक्री १३९.१६ रुपैयाँमा र खरिद १३८.४५ रुपैयाँमा भइरहेको तथा पाउण्ड स्टर्लिङको बिक्री दर १६२.२९ र खरिद दर १६१.४६ रुपैयाँ कायम भएको बैंकले जानकारी दिएको छ ।
यसैगरी, अष्ट्रेलियन डलरको बिक्री ८७.१९ र खरिद ८६.७५ रुपैयाँ कायम हुँदा एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८७.३५ र खरिद दर ८६.९० रुपैयाँ तोकिएको छ । यसका साथै, जापानी १० येनको बिक्री १०.६७ र खरिद १०.६२ रुपैयाँ, चाइनिज युवानको बिक्री १८.१६ रुपैयाँमा र खरिद १८.०७ रुपैयाँ छ ।
यसैगरी, खाडी मुलुकतर्फ साउदी रियालको बिक्री ३१.२७ र खरिद ३१.११ तथा कतारी रियालको ३२.२० र खरिद ३२.०४ कायम हुनुका संयुक्त अरब इमिरेट्सका दिरामको बिक्री मूल्य ३१.९३ र खरिद मूल्य ३१.७७ रुपैयाँ तोकिएको छ ।
यस्तै, मलेसियन रिंगेटको बिक्री २८.२७ रुपैयाँमा भइरहँदा खरिद २८.१३ रुपैयाँमा भइरहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।