NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

राक्सिराङमा २७ गतेबाट भौतिक उपस्थितिमा पठनपाठन सुरु हुने

नारायणी पोस्ट
मङ्लबार, भदौ २२, २०७८

२०७८ भदौ २२ गते

हेटौंडा । राक्सिराङ गाउँपालिकामा २७ गते आइतबारबाट भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिने भएको छ । राक्सिराङ गाउँपालिकाका शिक्षा अधिकृत प्रदीप पराजुलीले जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र अभिभावक संघलगायत अभिभावकहरुबीच गत शुक्रबार भएको छलफलले २७ गतेबाट भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने निर्णय गरेको बताउनुभयो । साबुनपानी, मास्क अनिवार्य गरी विद्यालयहरुले विद्यार्थी संख्याको आधारमा जोरबिजोर गरी पढाई हुने उहाँले जानकारी दिनुभयो ।

अहिले बढीमा दैनिक ३ घण्टामात्र पढाई हुने र परिस्थितिअनुसार समय बढाउँदै लान सकिने उहाँले बताउनुभयो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले स्थानीय तहको स्वीकृति र अनुगमनमा विद्यालय खोल्न आदेश दिएसँगै भौतिक उपस्थितिमा पालिकाहरुले पठनपाठनको तयारी गरेका हुन् । रााक्सिराङ गाउँपालिकाका ५२ वटा विद्यालयमा करिब ६ हजार विद्यार्थी अध्ययनरत रहेको पराजुलीले जानकारी दिनुभएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले संघीय सरकारको पठनपाठनको कार्यविधिलाई रुपान्तरण गरी कार्य ढाँचाअनुसार नै भौतिक उपस्थितिमा पठनपाठन हुने बताउनुभयो । वडाका अध्यक्षको निगरानी रहने गरी स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरेर पढाइको तयारी गरिएको अध्यक्ष मल्लले बताउनुभयो । भौतिक संरचनाको क्षमताभन्दा बढी विद्यार्थी भएका विद्यालयमा दुई सिफ्टमा र थोरै विद्यार्थी भएका विद्यालयले एउटै सिफ्टमा विद्यार्थीलाई पढाउन सक्ने उहाँले बताउनुभयो ।

लामो समयदेखि अस्तव्यस्त बनेको शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन परिस्थितिअनुसार दशैं र तिहारका बीचमा दिइँदै आएको बिदा कटौती गरिने बताउनुभयो । निर्धारित पाठ्यक्रमलाई समयमा नै समाप्त गरी गुणस्तरीय शिक्षा प्रदान गर्न चाडपर्वमा पनि २ देखि ३ दिन बिदा दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
ईन्द्रसरोवर गाउँपालिकामा भने विद्यालयहरुलाई कार्यढाँचाअनुसार पठनपाठन गर्न आधारहरु पेश गर्न आग्रह गरेको ईन्द्रसरोवर गाउँपालिकाका शिक्षा अधिकृत धर्मानन्द पन्तले जानकारी दिनुभयो । कहिलेदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्ने भन्ने विषयमा शिक्षा समितिको बैठक बसेर चाँडै निर्णय गरिने उहाँले बताउनुभयो ।

यस्तै, मनहरी गाउँपालिकामा पनि अरु पालिकाले जस्तै पठनपाठनको तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । आगामी २५ गतेसम्म शिक्षा समितिको बैठक बसेर भौतिक उपस्थितिमा पठनपाठनको निर्णय हुने बताउनुभयो । संक्रमणको आधारमा वडाको विश्लेषण भइरहेको बताउनुहुँदै वडाको निगरानी रहने गरी चाँडै भौतिक उपस्थितिमा पढाइ सुरु गरिने जानकारी दिनुभएको छ ।
मकवानपुरका १० वटा पालिकाहरुमध्ये हेटौंडा उपमहानगरपालिका र राक्सिराङ गाउँपालिकाले २७ गतेबाट भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने निर्णय गरेको हो । अन्य ८ पालिकाहरुले भने कार्यढाँचामाथि छलफल गरी पढाइको तयारी गरिरहेको बताइएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram