NarayaniPost.com
बुधबार, साउन ३, २०८०

जंगलमा १३ लाख लुटपाट

नारायणी पोस्ट
बुधबार, भदौ २३, २०७८

२०७८ भदौ २३ गते

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–८ स्थित वर्मी जंगलमा १३ लाख ७७ हजार ८९५ लुटपाट भएको छ । ओखलढुंगामा खाद्यान्न पुर्याएर फर्कंदै गरेका प्रदेश–२–०१–००१च ०३६९ नम्बरको बोलेरोका चालक मंगलबार साँझ लुटिएका हुन् । उदयपुरको कटारी–४ बस्ने २५ वर्षीय बोलेरो चालक प्रकाश श्रेष्ठलाई लुट्ने रमेशकुमार श्रेष्ठलाई पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताए । लुटपाटमा संलग्न ५४ वर्षीय रमेश ओखलढुंगा चिसम्खु गापा–३ का स्थानिय हुन् ।

ओखलढुंगामा खाद्यान्न छाडेर कटारी फर्कन लागेका प्रकाशलाई रमेशले ‘म पनि व्यापारका लागि कटारीसम्म सँगै जान्छु’ भनेर प्रस्ताव गरेका थिए । त्यसपछि उनीहरु बोलेरोमा सँगै आए । वर्मी जंगलमा पुगेपछि प्रकाशले शौच गर्नका लागि बोलेरो रोके । पिसाव गरिरहेको बेला रमेशले एक्कासि ढुंगाले गर्धनमा हिर्काएर प्रकाशलाई बेहोस बनाई झोलामा रहेको नगद र मोवाइल लुटेर भागेको एसपी बोहराले बताए ।

साँझ ५ बजे लुटपाट भएको थियो । नगद कटारी नगरपालिका–४ घर भएका जमानसिंह बस्नेतको भएको बताइएको छ । घटना भएको करिब दुई घण्टापछि इलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी बेतलीबाट खटिएको टोलीले कटारी–४ स्थित गवुवा जंगलबाट आरोपीलाई पक्राउ गरेको हो । प्रहरीले रमेशको साथबाट लुटेको पैसा र मोवाइल बरामद गरिएको छ । लुटमा संलग्न रमेश पूर्व सुमो चालक हुन् । बोलेरो चालकको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । लुटपाटमा संलग्न रमेशलाई चोरी र ज्यान मार्ने उद्योग मुद्दामा इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान गरिरहेको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram