२०७८ भदौ २३ गते
ललितपुर। प्रहरीले नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बडिगार्ड गाउँपालिका-९ बागलुङका ३२ वर्षीय युद्धबहादुर केसी रहेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई कुपण्डोलस्थित युएन पार्कबाट पक्राउ गरेको हो ।
उनी नेपाल तथा भारतका विभिन्न मेडिकल कलेजबाट डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाई नेपाल फार्मेसी कउन्सिलमा दर्ता भएको नक्कली कागजातको साथै नक्कली लाइसेन्स, परीक्षा प्रवेश पत्र लगायतका जाली कागजात बनाउने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनलाई लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत पाटनबाट ७ दिन म्याद थप भइ आवश्यक अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।