२०७८ भदौ २४ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि प्रति अमेरिकी डलरको खरिददर ११७.४७ रुपैयाँ तोकेको छ । बिक्रीदर ११८.७ पैसा राखिएको छ । एक युरोको खरिददर १३८.८३ र बिक्रीदर १३९.५४ रुपैयाँ, बेलायती पाउण्डको खरिददर १६१.६७ र बिक्रीदर १६२.४९ रुपैयाँ तोकिएको छ ।
एसियन मुलुकतर्फ सिंगापुर डलरको खरिददर ८७.२९ र बिक्रीदर ८७.७४ रुपैयाँ तथा १० जापानी येनको खरिददर १०.६६ बिक्रीदर १०.७१ रुपैयाँतोकिएको छ । यस्तै, साउदी अरेबियन रियालको खरिददर ३१.३२ रुपैयाँ तथा बिक्रीदर ३१.४८ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, कतारी रियालको खरिददर ३२.२६ र बिक्रीदर ३२.४२ रुपैयाँ, संयुक्त अरब इमिरेट्स दिरामका खरिददर ३१.९८ र बिक्रीदर ३२.१४ रुपैयाँ तथा मलेसियन रिंगटको खरिददर २८.२८ र बिक्रीदर २८.४२ रुपैयाँ कायम भएको छ ।
यसैगरी, १०० कोरियन वनको खरिददर १०.०८ रुपैयाँ र बिक्रीदर १०.१३ रुपैयाँ, हङकङ डलरको खरिददर १५.११ रुपैयाँ तोकिँदा बिक्रीदर १५.१८ रुपैयाँमा भइरहेको बैंकले जानकारी दिएको छ ।