NarayaniPost.com
बिहिबार, साउन २६, २०७९

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा तीजको शुभकामना

नारायणी पोस्ट
बिहिबार, भदौ २४, २०७८

२०७८ भदौ २४ गते

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको अवसरमा नेपाली महिला दिदीबहिनीहरूलाई शुभकामना दिएका छन् ।

शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् । उनले तीज पर्वले चेली-माइती, साथी-सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताइन् ।

तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेकामा उनको जोड छ ।

राष्ट्रपतिले तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेकी छन् । उनले कोभिड-१९ संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि सबैमा आह्वान गरेकी छन् ।

यस्तै, उपराषट्रपति नन्दबहादुर पुनले पनि हरितालिका तीजको अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले परम्परागत मूल्य मान्यतासहित आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न दिदीबहिनीलाई आग्रह गरेका छन् । विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकाले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उनले आग्रह गरे ।

आन्य समाचारहरु:-
July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

May 14, 2022
चितवनमा माओवादी केन्द्रले खाता खोल्यो,इच्छाकामना १ मा सन्तबहादुर राना विजयी

चितवन,३१ बैशाख । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram