NarayaniPost.com
शनिबार, असार ३०, २०८०

अब काठमाडौं-दिल्ली सातामा १० उडान

नारायणी पोस्ट
बिहिबार, भदौ २४, २०७८

२०७८ भदौ २४ गते

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अब काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सातामा १० उडान हुने भएको छ । यसमध्ये नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ । भारतीय ध्वजाबाहक एयर इण्डियाले भने यस रुटमा साताको तीन (आइतबार, मंगलबार र शुक्रबार) उडान गर्ने गरी अनुमति पाएको छ ।

यूएईको सारजहा विमानस्थलबाट एयर अरेवियाले हरेक दिन दुई उडान गर्ने गरी अनुमति पाएको छ । एयर अरेवियाकै जहाज आबुधाबीबाट समेत हरेक दिन काठमाडौं आउन पाउने गरी अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको तालिकामा उल्लेख छ । फ्लाई दुबईको जहाज दुबई इन्टरनेसनल एयरपोर्टबाट सातामा १० उडानसहित काठमाडौं आउने छ ।

हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको ६ उडान (सोमबारबाहेक) गर्नेछ । दुबई विमानस्थलमा हिमालयको जहाजले शुक्रबारबाहेक साताको ६ उडान गर्नेछ । कतारको हमाद इन्टरनेशनल विमानस्थटलमा हिमालयको जहाजले सातामा कुल ७ उडान गर्ने गरी अनुमति पाएको छ ।

जजिरा एयरवेज कुवेतबाट हरेक दिन एक उडान लिएर काठमाडौं आउने छ । कोरियन एयरको जहाज दक्षिण कोरियाबाट हरेक बुधबार काठमाडौं आउने गरी अनुमति पाएको छ । मालिन्दो एयरको जहाजले क्वालालाम्पुरबाट साताको चार (सोमबार, बुधबार, शुत्रबार र शनिबार) उडान गर्नेछ । मलेसिया एयरलाइन्सको जहाज हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौं आउने भएको छ ।

नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेसनलमा हरेक दिन एक उडान गर्नेछ । दुबई इन्टरनेसनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामार चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्नेछ । मलेसियाको क्वालालाम्पुर विमानस्थलमा समेत नेपाल एयरलाइन्सले सातामा चार (आइतबार, मंगलबार, बिहीबार र शुक्रबार) उडान गर्न अनुमति पाएको छ । जापानको नारितामा नेपाल एयरलाइन्सको जहाज हरेक बिहीबार जाने छ । हङकङ विमानस्थलमा हरेक मंगलबार नेपाल एयरलाइन्सको उडान हुने छ ।

कतार एयरवेजले कतारको हमाद इन्टरनेसनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ । सलाम एयरको जहाज मस्कट विमानस्थलबाट साताको तीन दिन (आइतबार, मंगलबार र बिहीबार) काठमाडौं आउने छ । टर्कीस एयरले सोमबार, बिहीबार र शनिबार काठमाडौंमा उडान गर्नेछ । सिंगापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलंकन एयरलाइन्सले मंगलबार र शनिबार गरि सातामा दुई उडान गर्न अनुमति पाएको छ । प्राधिकरणले सार्वजनिक गरेको यो तालिका ३० सेप्टेम्बरसम्म लागु हुने छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram