NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

सेतो पुतलीको झुसले आँखाको ज्योति गुम्ने

नारायणी पोस्ट
शुक्रबार, भदौ २५, २०७८

२०७८ भदौ २५ गते

पोखरा । पोखरा क्षेत्रमा हिजोआज (सापु) को संक्रमण देखा परेको छ ।

हिमालय आँखा अस्पताल पोखराका नेत्र रोग बिषशेज्ञ डा. इन्द्र महर्जनका अनुसार विगत दुई साता देखि पोखरा क्षेत्रमा सेतो पुतलीको शंक्रमण देखा परेको बताए । आँखामा सेतो पुतलीको झुस बिजेर रातो र सुनिएका करिब २० जना बिरामीहरु हिमालय आखाँ अस्पतालमा उपचार गर्न आएको नेत्र विशेषज्ञ डा. महर्जनले जनाए ।आखाँ रातो र सुनिएको अबस्थामा जति सक्दो छिटो आँखा अस्पतालमा गएर उपचार गर्दा निको हुने उनले जनाए । आखाँमा पिप परेको अबस्थामा आखाँमा सुई लगाउने र आखाँको अप्रेसन गर्ने दुई ढंगबाट उपचार गर्न सकिने भएको डा. महर्जनले जनाए ।

प्रायः गरी भदौं र असोज महिनामा देखापर्ने सेतो पुतलीको झुसका कर्णहरु आँखामा पर्न गएमा समयमै उपचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने डा.महर्जनले चेतावनी दिएका छन्। पछिल्लो दुई हप्तामा सेतो पुतलीको झुसका कर्णहरु बिजेका कारण आँखामा पिप समेत परेर शल्यकृया गर्नु परेको उनले जनाए ।

अस्पतालमा हालसम्म पोखरा सहित बागलुङ र म्याग्दी लगायतबाट आँखाका बिरामीहरु आउने गरेको डा.महर्जनले जनाए । केही बर्ष पहिला एक बर्ष बिरायर मात्र पश्चिम तथा पोखरा क्षेत्रमा देखिन थालेको सेतो पुतली पछिल्ला बर्षबाट देशका धेरै ठाँउमा देखा पर्न थालेको उनले बताए । केही समय अघि ५ बर्ष मुनिका बावबालिकाहरुमा सेतो पुतलीको शंक्रमण देखा परे पनि पछिल्लो ५ बर्ष यता सवै उमेर समुहका व्यक्तिमा सेतो पुतलीको शंक्रमण देखा पर्न थालेको उनले जनाए ।

पोखरामा केही बर्ष देखि सेतो पुतली आतंक जस्तै भएको छ । ५ बर्ष मुनिका बालबालिकाहरुमा सेतो पुतली संक्रमण बढी हुने हुँदा यसबाट जोगाउन उनले आग्रह गरे । सेतो पुतली संक्रमित भएका बिरामीलाई समयमै वा एक दिन भित्र उपचार गर्न सम्बन्धित अस्पतालमा पुर्याउन सकेको खण्डमा सुइ, अप्रेशन, औषधि कुनै विधिबाट उपचार सम्भव हुने डा.महर्जनले दाबी गरे ।

सेतो पुतली संक्रमणले कालो आँखाको भागमा सेतो देखिनु जहाँ ब्याक्टेरिया समेत देखिने गरेको चिकित्सकले बताएका छन्। उनले भने “ आँखामा एन्टिबायोटिक इन्जेक्सन लगाउँदा आँखामा जमेको पिप हटाउन र ज्योति बचाउन सकिन्छ । ” सेतोपुतलीको रियाक्सनले समयमै उपचार हुन नसके आँखाको रेटिना सहितको भाग नै नष्ट पार्ने डा।महर्जनले दाबी छ । यस्तो संक्रमणबाट बचाउन सबै सरोकारवाला निकाय सजग हुन डा. मर्हजनले आग्रह गरे ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram