NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

संखुवासभा हत्या प्रकरणका आरोपी सार्वजनिक

नारायणी पोस्ट
आइतवार, भदौ २७, २०७८

२०७८ भदौ २७ गते

काठमाडौं,२७ भदौ । मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डको आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् ।

यसरी समातिए आरोपी

प्रहरीको अनुसन्धानमा एक सातादेखि नयाँ मानिस गाउँ नभित्रिएको देखिएको थियो भने कल डिटेलका आधारमा शंकास्पद फोन कलसमेत कतै नभएको पाइएपछि गाउँ र छिमेकीलाई केन्द्रित गरेर प्रहरीले सूक्ष्म अनुसन्धान थालेको प्रहरी अधिकारीहरूको भनाइ छ । प्रहरी टोलीले गरेको विभिन्न चरणको अनुसन्धानका आधारमा लोकबहादुरलाई पक्राउ गरिएको हो । उनले सबैभन्दा पहिले घटना देखेको भन्दै सबैलाई खबरसमेत गरेका थिए । मृतक तेजबहादुरको घरको सबैभन्दा नजिक करिब एक सय ५० मिटरजति दूरीमा उनको घर छ ।

परिवारको विनाश, घर उजाड

सोमबार मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा स्थानीय ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको सामूहिक हत्या भएको थियो । अहिले मृतकका आफन्तहरू उम्लिङ खोलागाउँस्थित सोही घरमा किरिया बसिरहेका छन् । सामूहिक हत्याकाण्डमा बौद्धमान मात्रै जीवित छन् । उनी कान कम सुन्ने र आँखा कम देख्छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram