२०७८ भदौ ३० गते
चितवन । पूर्वीचितवनको खैरहनीमा तास तथा कौडा (जुवा) खेलिरहेका ८ जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको छ । खैरहनी–८ मा तास तथा कौडा खेलिरहेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले मंगलबार अपराह्न पक्राउ गरेको हो ।
खैरहनी–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरमा तास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले एक बुक तास र कौडा सहित एक लाख ४४ हजार १७० रुपैयाँ बरामद गरेको जनाएको छ । जुवाको खालबाट पक्राउ गरिएका व्यक्तिलाई पक्राउ गरी गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जुवाको खालबाट पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–८ लक्ष्मीनगरका ४१ वर्षीय कृष्ण श्रेष्ठ, खैरहनी–६ पुरानोपर्साका ४४ वर्षीय नवीन बस्नेत, खैरहनी–८ का ४१ वर्षीय विष्णु सुनार, राप्ती–६ भण्डाराका ३९ वर्षीय सुदिप गिरी, भण्डाराकै २८ वर्षीय दिपेश बर्तौला, ३६ वर्षीय चुडामणी थपलिया, राप्ती–४ डडुवाका ६८ वर्षीय केशव प्रसाद तिमिल्सिना र राप्ती–५ भण्डाराका ३५ वर्षीय सुदन धरेल रहेका छन् ।