NarayaniPost.com
बिहिबार, असार २८, २०८०

आठ महिनाको शिशुलाई आमाले काखमा राखेर समातिन्, बाबुले घाँटी रेटे

नारायणी पोस्ट
बुधबार, भदौ ३०, २०७८

२०७८ भदौ ३० गते

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिकाका एक दम्पतीले आफ्नो ८ महिनाको शिशु (छोरा) लाई घाँटी रेटेर हत्या गरेको घटनाले सामाजिक समस्या र पारिवारिक कलहका अनेक स्वरुपलाई उजागर गरेको छ ।

प्रहरीका अनुसार सो गाउँपालिका–६ का श्रीराम मल्लाह र निजकी श्रीमती रेणु मल्लाहले पारिवारिक कलहका कारण आफ्नै शिशुको हत्या गरेको बताएका छन् । मल्लाह दम्पतीले आफ्नै घरमा आपसी सल्लाहका आधारमा छोराको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डीएसपी सत्यनारायण थापाका अनुसार मल्लाह दम्पतीले आरोप स्वीकार गरिसकेका छन् ।

किन गरे छोराको हत्या ?

प्रहरीका अनुसार सो परिवारमा मृतकको आमाबुबा, हजुरआमा, दुई फुपू एउटै घरमा बस्दै आएका छन् । मृतककी जेठी फुपूले आफ्ना दुई छोरालाई पनि माइतीमै राख्दै आएकी छन् ।

मृतककी हजुरआमा अर्थात् श्रीरामकी आमा भानुमती मल्लाहले २०६३ सालमा नागरिकता लिएकी थिइन् । उनले आफू अविवाहित हुँ र आफ्नो कोही छैन भनेर नागरिकता लिएकी थिइन् । त्यसैले भानुमतीका सन्तानको नागरिकता बन्न सकिरहेको थिएन ।

तर भानुमतीकी जेठी छोरी अकालमती मल्लाहले भने पतिको नामबाट नागरिकता बनाएकी छन् । उनको घर लुम्बिनी सांस्कृतिक नगरपालिका– २ मा भए पनि लामो समयदेखि माइतीमै बस्दै आएकी छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार भानुमतीले आफू बस्दै आएको घरसहितको जग्गा जेठी छोरीको नाममा पास गरिदिइन् । यो कुरा थाहा पाएपछि श्रीराम र उनकी पत्नीले आफूहरु विभत्स तरिकाले मर्ने सल्लाह गरे । सोही क्रममा उनीहरुले भदौ २६ गते राति आफ्नै अवोध शिशुको हत्या गरेको प्रहरी बताउँछ ।

नागरिकता नहुँदा समस्या

भानुमतीको उमेर करिब ६५ वर्ष छ । उनले छोरा, बुहारी र नातिसमेत रहेको अवस्थामा आफू बस्दै आएको घर र घडेरी विवाहित छोरीलाई किन पास गरिदिइन् भन्ने प्रस्ट हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

तर, अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सो घरमा भानुमती र उनकी जेठी छोरीको मात्र नागरिकता छ । भानुमतीले आफू अविवाहित रहेको र आफ्नो कोही नभएको विवरणसहित २०६३ सालमा नागरिकता लिएका कारण भानुमतीका सन्तानका रुपमा कसैले नागरिकता पाएका छैनन् ।

भानुमती र उनका छोराबीच खासै राम्रो सम्बन्ध पनि नरहेको छिमेकीहरुको भनाइ छ । भानुमतीले नाबालक नाति नहुर्कुन्जेलसम्मका लागि आफ्नो नाममा रहेको घर र घडेरी आफ्नै जेठी छोरी (नागरिकता भएका कारण) का नाममा पास गरेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । यद्यपि यसका विविध पक्षमाथि अनुसन्धान भइरहेको स्रोत बताउँछ ।

आमाले आफूलाई घर–घडेरीबाट बेदखल गरेका कारण आवेशमा आएर श्रीराम र उनकी पत्नीले नावालक छोरासहित आत्महत्या गर्ने योजना बनाएका थिए । ‘नागरिकता पनि छैन, भएको एउटा घर र घडेरी पनि आमाले छोरीलाई पास गरिदिइन् भनेर उनीहरुले आत्महत्याको योजना बनाएका रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरीले रातोपाटीलाई भने, ‘आफूहरुले आत्महत्या गर्नुअघि उनीहरुले छोराको हत्या गर्ने योजना बनाएका रहेछन् ।’

प्रहरीलाई श्रीरामले दिएको जानकारी अनुसार उनीहरुले विभत्स तरिकाले ज्यान दिने योजना बनाएका थिए ।

सोही क्रममा पहिला छोराको हत्या गर्ने र पछि आफूहरु पनि मर्ने उनीहरुको योजना रहेको प्रहरीको भनाइ छ । राति आफ्नै एकतले घरको छतमा गएर उनीहरुले छोराको हत्या गरे । प्रहरीका अनुसार रेणुले छोरालाई काखमा राखेर समातिन्, अनि श्रीरामले छोराको घाँटी रेटे । छोराको हत्यापछि रेणु मल्लाह विक्षिप्त भइन् । त्यसैले उनीहरुले आत्महत्या गर्न सकेनन् । प्रहरीका अनुसार उनीहरुले छोराको शवलाई पोको पारेर कोठामा ल्याए ।

त्यसपछि होहल्ला भएपछि घटनास्थलमा राति नै प्रहरी आएर उनीहरु दुवैलाई नियन्त्रणमा लियो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram