NarayaniPost.com
शुक्रबार, फाल्गुन ११, २०८०

बागमती प्रदेशमा को-को बन्दैछन् मन्त्री ?

नारायणी पोस्ट
बुधबार, भदौ २३, २०७८

२०७८ भदौ २३ गते

मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुँदैछ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज ५ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी छन् ।

मन्त्री छान्नका लागि मुख्यमन्त्रीको सरकारी निवासमा नेकपा एमालेको बैठक बस्दैछ ।

मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्रीसहित ९ जनालाई नियुक्त गरी मन्त्रिपरिषदलाई ११ सदस्यीय बनाउने तयारी गरेकी छन् ।

आज मन्त्रीमा नियुक्त हुने अधिकांश अनुहार नेकपा एमालेका तेस्रो धारमा रहेका सांसद नै रहने स्रोत बताउँछ ।

मन्त्री बन्नेहरुमा सिन्धुलीबाट निर्वाचित नेकपा एमालेका सांसद प्रदिप कटुवाल, रामेछाप निर्वाचन क्षेत्र भएका शान्तिप्रसाद पौडेल, दोलखाकी रचना खड्का र चितवनका विजय सुवेदी लगायतको नाम चर्चामा छ ।

त्यस्तै मकवानपुरबाट समानुपातिक तर्फकी सांसद जुनेलीमाया श्रेष्ठ पनि राज्यमन्त्री नियुक्त हुने स्रोत बताउँछ ।

नियुक्त हुने मनत्रीहरुको शपथ ग्रहण आज मध्याह्न १२ बजे गर्ने तयारी भइरहेको नेकपा एमालेका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram