NarayaniPost.com
शुक्रबार, फाल्गुन ११, २०८०

कांग्रेस महामन्त्रीमा उठ्ने विश्वप्रकाश शर्माको घोषणा

नारायणी पोस्ट
बिहिबार, भदौ २४, २०७८

२०७८ भदौ २४ गते

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सुन्दरीजलमा आयोजित एक कार्यक्रमबीच १४ औं महाधिवेशनमा आफू महामन्त्रीमा उठ्ने घोषणा गरेका छन्।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सुन्दरीजलमा आयोजित एक कार्यक्रमबीच १४ औं महाधिवेशनमा आफू महामन्त्रीमा उठ्ने घोषणा गरेका छन्। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महामन्त्री पदमा चुनाव लड्ने औपचारिक घोषणा गरेका छन्।

बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा सुन्दरीजल पुगेर शर्माले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

आज बिपीको १०८ औं जन्मजयन्ती हो। सुन्दरीजलमा बिपी संग्रहालय छ, यहाँ बिपी-गणेशमान सिंहको शालिक पनि छ। शर्माले बिपी र गणेशमानको सालिकमा माल्यार्पण पनि गरे। सुन्दरीजल संग्रहालयलाई कांग्रेसको जीवित इतिहास पनि भन्ने गरिन्छ।

त्यसपछि शर्माले उपस्थित स्थानीय नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै आफू महामन्त्री उम्मेदवार हुने घोषणा गरेका छन्।

सम्बोधनका क्रममा शर्माले आफू महामन्त्री बने नेपाली कांग्रेसलाई लगातार तीन आमनिर्वाचन जिताउन भूमिका खेल्ने संकल्प पनि गरे।

‘बिपीले देश समृद्ध बनाउने हो भने तीन पटक लगातार कांग्रेसले जित्नुपर्छ भन्नुभएको थियो। आमनिर्वाचनमा कांग्रेसले एक पटक जित्ने अर्को पटक हार्ने भएको छ,’ शर्माले भने,‘कांग्रेसभित्र भएका सबै साथीहरूलाई एकजुट बनाएर लगातार तीन वटा आमनिर्वाचन जिताउने संकल्प लिएर मैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छु।’

सम्बोधनपछि सुन्दरीजलमा बिपीले रोपेको कपुरको बोटनजिकै शर्माले रूद्राक्षको बिरूवा रोपेका छन्। बिपीले २०३४ सालतिर सुन्दरीजलमा कपुरको विरूवा रोपेका थिए। त्यो बिरूवा हुर्केर ठूलो रूख बनिसकेको छ। सुन्दरीजलमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले पनि कपुरका बिरूवा रोपेका थिए।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram