NarayaniPost.com
सोमवार, साउन १, २०८०

के तपाईंको जीवनबाट सेक्स गायब भइरहेको छ ?

नारायणी पोस्ट
आइतवार, अशोज ३, २०७८

२०७८ असोज ३ गते

काठमाडौं । यदि तपाईं घर, करियर, बच्चाको योजना गर्नुहुन्छ भने सेक्सको योजना किन बनाउनुहुन्न ? एकै छत मुनी सँगै बस्दा यति तपाईं सेक्सलेस म्यारिजमा बस्नुहुन्छ भने यो खतराको घन्टी हो । यदि एकजनाको यौनइच्छा बाहिर पूरा भइरहेको छ भने अर्को पार्टनर सेक्सलेज म्यारिज झेल्छन् ।

यदि तपाईं पछिल्लो दुई वर्षदेखि यौनबिनाको वैवाहिक सम्बन्धमा हुनुहुन्छ भने तपाईंले साधारण यौनजीवनका लागि असाध्यै मिहिनेत गर्नुपर्ने हुन्छ ।

सुरुमा जोडीलाई थाहा नै हुँदैन कि उनीहरुको यौनबिनाको वैवाहिक सम्बन्ध कति खतरनाक हुनसक्छ तर कतिपय अवस्थामा स्थिति यति मुश्किल हुन्छ कि निकै ढिला भइसक्छ ।

भारतका हार्ट टु हार्ट काउन्सिलिङ सेन्टरका वरिष्ठ कन्सलिटङ रिलेशनशिप काउन्सलर प्राध्यापक डाक्टर राजन भोसले सेक्सलेस म्यारिजका तीन प्रमुख कारण बताउँछन् ।

उनका अनुसार यसमा सबैभन्दा प्रमुख भनेको समयको कमी हो । ‘धेरैजसो कामकाजी जोडी चाहँदा चाहँदै पनि यौन जीवनमा रमाउन सकिरहेका हुँदैनन् । उनीहरु आफ्नो करियरमा यति व्यस्त हुन्छन् कि उनीहरुको जीवनबाट सेक्स गायब हुन थाल्छ र स्थिति पछि गएर स्वास्थ्य समस्यामा परिणत हुने गर्छ,’ उनी भन्छन् ।

सेक्सका लागि समय छैनः

यौनबिनाको वैवाहिक जीवनका कारण र त्यसबाट बच्ने उपायबारे कुराकानी गर्दै डा. भोसले भन्छन्, ‘सेक्सका लागि समय, मूड, फुर्सद, माहौलको आवश्यकता हुन्छ जुन आजको जोडीमा हुँदैन । आजकाल धेरैजसो श्रीमान् श्रीमती दुबै कामकाजी हुन्छन् र दुबैको महत्वाकांक्षा ठूला हुन्छन्, त्यसैले दुबै आफ्नो करियरमा यति धेरै समय र ऊर्जा खर्च गर्छन् कि उनीहरुका लागि यौनका लागि न समय बाँकी हुन्छ न नै ऊर्जा । दुबैको राम्रो कमाई छ, जसमार्फत् उनीहरु घरका सबै सुख–सुविधा जुटाउन सक्छन् तर उनीहरुको जीवनमा यौन भने हुँदैन । घर फर्किसकेपछि पनि उनीहरु अफिसको काममा व्यस्त हुन्छन् जसका कारण उनीहरुको सम्बन्धमा सेक्स नगर्ने बानी विकास हुन्छ र उनीहरुलाई यसको इच्छा पनि हुँदैन । बच्चा कसले सम्हाल्ला भनेर उनीहरु बच्चाको योजना पनि बनाउँदैनन् ।

स्वास्थ्य स्थिति परिवर्तन भइरहेको छः

व्यस्त जीवनशैलीका कारण फास्ट फूड र अस्वस्थकर खानाको ट्रेन्ड बढिरहेको छ । मानिसहरुको सुत्ने–उठ्ने समय निश्चित छैन, कामका लागि उनीहरु यात्रा गर्नुपर्ने हुन्छ, रक्सी चुरोटको लत, यी सबैले शरीरमा नकारात्मक असर पार्छन् र यौन जीवनमा पनि किनभने निरोगी शरीरलाई स्वस्थ सेक्स पहिलो आवश्यकता हो । जीवनशैली सम्बन्धि रोगले पनि यौन जीवनलाई अस्वस्थकर बनाइरहेका छन् । जसलाई मधुमेह छ, उनीहरुलाई यौनका लागि उत्तेजना हुँदैन । यस्तो अवस्थामा उनीहरुको यौन जीवन कसरी राम्रो हुनसक्ला ? यस्तो काउन्सलर वा डाक्टरको मद्दत लिन सकिन्छ ।

जब एक पार्टनर सेक्सलेस म्यारिजमा हुन्छन्ः

जब एक पार्टनरको विवाहेत्तर सम्बन्ध चलिरहेको हुन्छ तब उनले आफ्नो वैवाहिक जीवनमा ध्यान दिँदैन र अर्को पार्टनर नचाहँदा नचाहँदै पनि सेक्सलेस म्यारिज झेलिरहेको हुन्छ । यस्तो स्थितिमा एउटा पार्टनरको धेरै हानी भइरहेको हुन्छ किनभने अर्कोको त आवश्यकता घर बाहिर पूरा भइरहेको हुन्छ । यो स्थिति बढी भयानक हुन्छ किनभने यसबारे थाहा भएपछि विश्वास टुट्ट र सम्बन्ध पनि ।

सेक्सलेस म्यारिजबाट बच्न सहज छः

पहिलाको तुलनामा अब सेक्सलेस म्यारिज बढी देख्ने गरिन्छ । पहिला पुरुष व्यस्त हुने गर्दथे तर महिला घरमा नै हुन्थे र पुरुषको ऊर्जा प्रत्येक समय उपलब्ध हुने गर्दथ्यो तर अब स्थिति यस्तो छैन । अब महिला पुरुषभन्दा बढी व्यस्त भएका छन् । उनीहरु घर–अफिस दुबै सम्हालिरहेका छन् त्यसैले अब तपाईंले सेक्सलेस म्यारिजबाट बच्ने कोसिस गर्नुपर्छ ।

– जसरी तपाईं करियरमा अघि बढ्नका लागि लगातार मिहिनेत गर्नुहुन्छ, त्यसपछि मात्रै तपाईं शीर्ष स्थानमा पुग्न सक्नुहुन्छ । त्यसै गरी सेक्सलेस म्यारिजबाट बच्नका लागि पनि लगातार कोसिसको आवश्यकता पर्छ ।

– फोन वा सोसल साइट्समा धेरै समय बिताउनुको साटो यो समय पार्टनरलाई दिन सकिन्छ ।

– राती थाक्नुभएको छ भने बिहान चाँडै उठेर यौनसम्बन्धको योजना बनाउन सकिन्छ ।

– यदि हप्ताभरी व्यस्त भइन्छ भने विकेन्डमा सेक्सका लागि समय निकाल्न सकिन्छ ।

– महिनामा एकपटक विकेन्ड ट्रिपको योजना बनाउन सकिन्छ जहाँ कसैले तपाईंलाई डिस्टर्ब नगरोस् र तपाईंले आफ्नो पूरा समय एक–अर्कालाई दिन सक्नुहोस् ।

– यदि तपाईं एक–दुई वर्षदेखि सेक्सलेस म्यारिजमा हुनुहुनछ भने काउन्सलर वा डाक्टरको सहयोग लिनुहोस् किनभने सेक्सको विषयमा ढिला हुनुभन्दा अघि नै सम्हालिनु एकमात्र विकल्प हो नभए तपाईंको सम्बन्धबाट सेक्य गायब हुनेछ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram