२०७८ असोज ३ गते
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलामा आज नेपालले ओमानको सामाना गर्दैछ । अल अमरेत रङ्गशालामा हुने खेल नेपाली समयअनुसार साँझ ४ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
नेपाल ओमानसँग यसअघि ५ विकेटले पराजित भइसकेको छ । शृङ्खलाको आफ्नो पहिलो खेलमा अमेरिकालाई नेपालले ५ विकेटले नै पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको नेपाल तेस्रो खेलमा पनि अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
लिगको अङ्क तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ । ७ खेल खेलेको नेपालले तीनमा जीत र चारमा हार व्यहोर्दै ६ अङ्कमात्र बटुलेको छ । ओमान १२ खेलबाट २० अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ ।आईसिसीविश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्याण्ड,नामिबिया, अमेरिका,पपुवान्युगिनीर संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ । सातै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीलेप्लेअफखेल्नुपर्ने हुन्छ ।