NarayaniPost.com
बुधबार, असार २७, २०८०

यी हुन् राष्ट्रपतिबाट तक्मा पाउने पत्रकार

नारायणी पोस्ट
आइतवार, अशोज ३, २०७८

२०७८ असोज ३ गते

काठमाडौं । संविधान दिवसका अवसरमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूलाई मानपदवी, अलङ्कार र पदक दिने सार्वजनिक गरिएको छ । सरकारले पदकका लागि सिफारिस गरेका उनीहरू राष्ट्रपति विद्या भण्डारीबाट विभूषित हुनेछन् ।

राष्ट्रपतिबाट विभूषित हुने पत्रकारहरूमा सुप्रबल जनसेवाश्री तारानाथ दाहाल, सुरेश आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान र हरिबहादुर थापालाई दिइने भएको छ । पत्रकार थापाले सो विभूषण अस्वीकार गर्ने घोषणा गरेका छन् । यस्तै कीर्तिमय राष्ट्रद्वीप विभूषण पत्रकारहरू ओम शर्मा, गुणराज लुइटेल र महेश्वर दाहाललाई दिइने भएको छ ।

पत्रकारहरु बद्री सिग्देल, ऋषि धमला, अजयबाबु शिवाकोटी, नेत्र के.सी., माधव ढुंगाना, मुकुन्द दाहाल, दिलभूषण पाठक, विश्वमणि पोखरेल, प्रकृति अधिकारी, कविर राणा, रविन सायमी, रवि मिश्र, अनिता बिन्दु, समा थापा, डा.बालकृष्ण चापागाई, मोहम्मद सदरुल, शालिग्राम सुवेदी, गोविन्द धिताललाई प्रवल जनसेवाश्री दिने घोषणा भएको छ । कार्टुनिस्ट रविन सायमीले पनि सो पदक अस्वीकार गरेका छन् ।

भरतबन्धु थापा, भुवन शर्मा, दीपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, नारायण अमृत, चन्द्रशेखर कार्की, किसन राई, खगेन्द्र अधिकारी, सुनील महर्जन, विष्णु खड्का, रेखा भूसाल, बृजकुमार यादव, आकाङ्क्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बरबहादुर अधिकारी र दीपेन्द्र श्रेष्ठलाई जनसेवाश्री पदक घोषणा गरिएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram