NarayaniPost.com
शुक्रबार, माघ १९, २०८०

कलाकार रमेश केसीको अन्त्येष्टि

नारायणी पोस्ट
आइतवार, अशोज ३, २०७८

२०७८ असोज ३ गते

काठमाडौं । आइतबार सुटिङको क्रममा निधन भएका कलाकार रमेशको केसी ‘मट्टारे’को अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा करिब १ घण्टा राखिएको थियो ।

श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, कलाकार उत्तम केसी, वीरेन्द्र हमाल, प्रभाकर शर्मा, रामशरण कोइराला, राजेश महर्जन, मुकुन्द मैनाली, सिरियल हर्के हवल्दार युनिट, निर्देशक कलाकार जीवन थापा, पनाह अधिकारी लगायत पुगेका थिए । चलचित्र कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।

इमाडोल ललितपुर घर भएका उनको तारकेश्वर नगरपालिका वडा नं ६ माहाँकालमा स्थित छन्दे स्टुडियोमा एक म्युजिक भिडियोमा अभिनय गर्दागर्दै मृत्यु भएका हो । अभिनय सिलसिलामा निधन भएका उनी दोस्रो कलाकार हुन् । यस अगाडि कलाकार विष्णुभक्त फुयाँलको राष्ट्रिय नाचघरमा एक नाटक अभिनय सिलसिलामा निधन भएको थियो ।

​७० वर्षका केसीको हृदयाघातको कारण निधन भएको हो । आइतबार स्टुडियोमा सुटिङमा टेक दिँदादिँदै उनी एक्कासि ढलेपछि उनलाई तुरुन्तै महाराजगञ्जको गंगालाल अस्पताल पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

मनोहरी भण्डारीको ‘अनजान’ भन्ने नाटकबाट अभिनय थालेका केसीले के सक्कली के नक्कली, यमपुरीमा ज्युँदो मान्छे, बसमा टाँगिएको जिन्दगी, पृथ्वी नारायण शाह, शरदार भक्ति थापा, साहुजीको लाटी स्वास्नी, मुना मदन, एक चिहान लगायत ७० बढी नाटक तथा सडक नाटकमा अभिनय गरेका थिए ।

त्यस्तै उनले हर्के हवल्दार, अब त अति चो, च्वास्स चुस्स, तितो सत्य, आफ्नै कथा, एकादेशको चुरीफुरी, महजोडीको लक्ष्मी लगायत करिब ३ दर्जन सिरियल अभिनय गरेका छन् ।

जे भो राम्रै भो, लोभी पापी, चङ्गा लगायतका दर्जन बढी फिल्ममा अभिनय गरेका केसीले केही म्युजिक भिडियो समेत अभिनय गरेका छन् । उनका एक छोरा मधुसूदन केसी पनि चलचित्र क्षेत्रमै क्रियाशील छन् । मधुसूदनले ४० बढी चलचित्रमा मुख्य सहायक निर्देशकको जिम्मेवारी बहन गरेका छन् । केसीका श्रीमती, दुई छोरा र तीन छोरी रहेका छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram