NarayaniPost.com
बिहिबार, असार २८, २०८०

अपहरणकारीभन्दै चारजनालाई मारेर शव चोकमा झुण्ड्यायो तालिबानले

नारायणी पोस्ट
आइतवार, अशोज १०, २०७८

२०७८ असोज १० गते

काठमाडौं । तालिबानले चारजना अपहरणकारीलाई गोली हानी मारेर उनीहरुको शवलाई अफगानी शहर हेरातको सार्वजनिक स्थलमा झुण्ड्याएको जानकारी दिएको छ । तालिबानी अधिकारीले अति क्रुर सजाय दोहोरिन सक्ने भन्दै दिएको चेतावनीको भोलिपल्ट उनीहरुको शव सार्वजनिक स्थलमा राखिएको हो ।

स्थानीय अधिकारीका अनुसार एक व्यापारी र उनका छोरालाई अपहरण गरेका कारण ती चारजनालाई मारिएको हो ।​ स्थानीयका अनुसार ती शवलाई क्रेनको सहयोगमा सिटी सेन्टरमा झुण्ड्याइएको हो ।​ वाजिर अहमद, एक स्थानीय पसलेले असोसिएटेड प्रेस समाचार एजेन्सीको सहयोगमा चारवटा शवलाई चोकमा ल्याएको र त्यहाँ एकजनालाई झुण्ड्याइएको जानकारी दिए ।

उनका अनुसार बाँकी शवलाई शहरका अन्य चोकमा ‘डिस्प्ले’ का लागि लगियो ।​ हेरातका डेप्युटी गभर्नर माउल्वाई सायरले भविष्यमा अपहरणका घटना नदोहोरियोस् भन्नका लागि शवलाई झुण्ड्याएर राखेको बताए । ती चारजनाले एक व्यापरी र उनका छोरालाई अपहरण गरेको भन्ने तालिबानले थाहा पाएपछि उनीहरुलाई गोली हानी हत्या गरिएको सायरले जानकारी दिए । अपहृत व्यापारी र उनका छोरा दुबैलाई रिहा गरिएको छ ।

यद्यपि, बीबीसीले ती चारजनालाई कुन परिस्थितिमा मारिएको भनेर स्वतन्त्र रुपमा पुष्टि भनेको गरेको छैन ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram