NarayaniPost.com
शुक्रबार, माघ १९, २०८०

पहिलो भेटमा विवाह गरे, महिनौंपछि श्रीमती पोर्न स्टार भएको थाहा भयो

नारायणी पोस्ट
आइतवार, अशोज १०, २०७८

२०७८ असोज १० गते

काठमाडौं । एक व्यक्तिलाई पहिलो नजरमा नै एक युवतीसँग प्रेम बस्यो । एक दिनको दोस्ती सम्बन्धमा परिणत भयो उनीहरुले विवाह गरे । यद्यपि, ती व्यक्ति त्यतिबेला चकित परे जब आफूले विवाह गरेकी युवती कुनै बेला चर्चित पोर्न स्टार रहेको थाहा पाए । यो घटना बेलायतको हो । ३४ वर्षकी एमी क्रिस्टोफर्सले २६ वर्षका जोश नाम भएका युवकसँग विवाह गरिन् । इ–४ को शो (म्यारिड एट फर्स्ट साइट) मा भाग लिनुभन्दा अघि एमीले कम बजेटका थुप्रै एक्स–रेटेड फिल्ममा काम गरिसकेकी थिइन् ।

एमीले ‘ब्रान्डी ब्रेवर’ नाम प्रयोग गरिन् र थुप्रै एडल्ट फिल्ममा कलाकारको रुपमा काम गरिन् । उनको यस्तै एक्स रेटेड पहिलो फिल्मको सुटिङ त्यतिबेला भएको थियो जब उनी २५ वर्षकी मात्रै थिइन् ।​ एमीको अतितबारे थाहा पाएपछि उनका श्रीमान् जोशका साथीले भने, ‘उनलाई ‘जोश’ यसै हप्ता एमीको पृष्ठभूमिबारे थाहा भयो । पहिल्यै नै यसबारे जानकारी पाउन आफू चुकेको जोश बताउने गर्छन् । अब उसले ‘हामी सबैको एउटा अतित हुन्छ’ भन्ने बारे विचार गरिरहेको छ ।’

यस्तै एमीकी एक साथीले द सनसँगको कुराकानीमा भनिन्, ‘एमी एक पोर्न स्टार थिइन् र सधैं आफ्नो एक्स–रेटेड भूमिका सार्वजनिक भए, के होला भनेर सोच्थिन् । तर अब सबैकुरा विगत भइसकेको छ ।’ ‘आफ्नो विगतले उनलाई सधैं पोल्ने गर्दथ्यो,’ उनले भनिन् ।​ एमीकी साथीले भनिन्, ‘यो त्यस्तो कुरा हो जुन नयाँ साथीलाई भनिहाल्न सकिँदैन । यस्तो अवस्थामा उनका श्रीमानलाई एक्लै छोडिदिनुहोस् ।’

जुन कार्यक्रममा एमी र जोशेको उपस्थिति थियो त्यसमा जोडी सिधै विवाहको मण्डपमा भेट्छन् । उनीहरु पूर्ण रुपमा एकअर्कासँग अपरिचित हुन्छन् । अपरिचितको रुपमा नै विवाह गर्छन् र हनिमुनमा जान्छन् ।

त्यसपछि एक–अर्कालाई राम्रोसँग चिनेपछि सम्बन्धविच्छेद गर्ने कि नगर्ने भनेर उनीहरुले निश्चित गर्छन् । यस्तै यो कार्यक्रममा एमीले जोशलाई भेटेपछि आफू चन्द्रमामा भएको जस्तो महसुस गरिरहेको बताएकी थिइन् । त्यतिबेला उनलाई इन्गेजमेन्ट गरिसकेका प्रेमीले छोडिदिएका थिए ।

हाल प्रसारणमा नै रहेको यो शोमा यी दुई सँगै बस्न थालेपछि आजकाल झगडा हुन थालेको छ ।

एमीको असाध्यै मुड स्विङ हुने कुरा जोशलाई मन नपरेको बताउने गर्छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram