NarayaniPost.com
आइतवार, साउन २९, २०७९

‘सम्झिनि पानी छम्किनी’को तीज भर्सन सार्वजनिक

नारायणी पोस्ट
सोमवार, अशोज ११, २०७८

२०७८ असोज ११ गते

काठमाडौँ । गायक सम्राट चौलागाइँले करिब पाँच पहिना पहिले ‘सम्झिनि पानी छम्किनी’ बोलको गीत दर्शकमाझ ल्याए । युट्युवमा यो गीतलाई हालसम्म ८० लाख बढि पटक हेरिएको छ । यो बीचमा सम्राटले नजिकिँदो हरितालिका तीजलाई लक्षित गर्दै सोहि गीतको ‘तीज भर्सन’ सार्वजनिक गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरियो । ‘यसपालीको तीजमा सम्झिनी पानी छम्किनी’ बोलको गीतमा मल्टिस्टारहरुलाई एकसाथ पर्दामा उतारिएको छ । विक्रम स्वाँरले निर्देशन गरेको गीतको भिडियोमा अभिनेता भुवन केसी, अभिनेत्री निर्देशक दिपाश्री निरौंला, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री स्वस्तिमा खड्कासँगै गायक सम्राट आंफै पनि फिचर्ड छन्, मोडल गीता ढुङ्गानाको अपोजिटमा ।

चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरु जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई पनि देख्न सकिन्छ । ‘हाइ बजेट’को भिडियोमा उच्च मेकिङ देख्न सकिन्छ । निर्देशक स्वाँरले सुन्दर ढंगले कलाकारहरुलाई अभिनयमा प्रस्तुत गरेका छन् ।

आन्य समाचारहरु:-
August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram