NarayaniPost.com
आइतवार, असार ३१, २०८०

हत्या आरोपमा ३ जना पक्राउ

नारायणी पोस्ट
सोमवार, अशोज ११, २०७८

२०७८ असोज ११ गते

रौतहट । रौतहटमा धामी हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । धामी झाँक्रीको काम गर्दै आएका चन्द्रपुर नगरपालिकाका ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शव २६ भदौमा गैंडाटारस्थित कालापानी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि नवलपरासी पूर्वका सूर्यबहादुर भण्डारी, गैंडाटारका प्रल्हाद फुयाँल र पर्साको पर्सागढी नगरपालिकाका रमेश पहरीलाई पक्राउ गरेको छ ।

प्रहरीले शुरुमा पर्साका २४ वर्षीय रमेश पहरीलाई पक्राउ गरेको र उनको वयानका आधारमा अरु दुई जना पक्राउ परेका हुन् । रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार पहरीले कप्तान टोलका सहदेव भन्ने डोलप्रसाद बोलखेको योजनामा घटना भएको बताएका छन् ।
बोलखेको परिवारका सदस्य बिरामी भएको दोष धामीलाई लगाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको घिमिरेको भनाइ छ । बोलखेले घोरासैनीको हत्याका लागि ३ लाख रुपैयाँ दिएको पनि अभियुक्तहरुले बयानका क्रममा बताएको एसपी घिमिरेले बताए ।

पक्राउ परेका तीनैजनालाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ । सहदेव भन्‍ने डोलप्रसाद बोलखे फरार रहेकोले उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram