NarayaniPost.com
बुधबार, असार २७, २०८०

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदबाट विस्वासको मत लिने तयारीमा

नारायणी पोस्ट
मङ्लबार, अशोज १२, २०७८

२०७८ असोज १२ गते

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदबाट विस्वासको मत लिने भएकी छिन् । मुख्यमन्त्री शाक्यले सरकार टिकाउन साना दलसहित अन्य दलहरूसँग गठबन्धनको प्रयास विफल भएपछि संसदबाट विश्वासको मत लिने तयारी थालेकी हुन् ।गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको नेकपा एमालेको सरकार पार्टी विभाजन पछि अल्पमतमा परेको थियो ।

भदौ २७ गते बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरुको नामावली सहितको निर्वाचन आयोगको पत्र दर्ता भएसँगै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।५६ सांसदका साथ एमालेको स्पष्ट बहुमतको सरकारको नेतृत्व गरेकी शाक्य नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता पछि भने ४३ सांसदमा सीमित हुन पुगिन् । प्रदेशमा नयाँ सरकार गठन गर्न वा मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार टिकाउन कुल १०९ जना सांसद् मध्ये ५५ जनाको समर्थन आवश्यक हुन्छ ।

उसो त मुख्यमन्त्री शाक्यले सरकार टिकाउन अन्य दलहरूसँग गठबन्धनका लागि निकै प्रयास पनि गरिन् । तर सो प्रयास सफल हुन नसकेपछि उनी संसदबाट विश्वासको मत लिने निर्णयमा पुगेकी हुन् ।मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार आधिकारिक रुपमा अल्पमतमा परेको दुई साता वितिसकेको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने साना दलहरूको सहयोगमा पनि मुख्यमन्त्री शाक्यको सरकार टिक्ने सम्भावना छैन ।

सरकार अल्पमतमा परेको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।उक्त संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाक्यले आगामी असोज २५ गते भित्र मुख्यमन्त्री शाक्यले विश्वासको मत लिइसक्नु पर्ने हुन्छ ।

बागमती प्रदेशमा बलियो पक्कड बनाएको गठबन्धनको सरकार बन्ने निश्चित देखिन्छ । प्रदेशमा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२ र नेकपा एकीकृत समाजवादी पार्टीका १३ जना सांसदसहित संयुक्त गठबन्धनको सरकार बनाउने गृहकार्य भइरहेको छ।

संसद् अधिवेशन बोलाउने तयारी हुँदैछः मन्त्री पौडेल

बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडलेले सरकारले चाँडै नै संसदबाट विश्वासको मत लिने तयारी गरिरहेको बताएका छन् ।

उनले आगामी असोज २३ वा २५ गते भित्र संसद्मा विश्वासको मत लिने व्यहोराको पत्र दर्ता गराउने र मन्त्रिपरिषद् बैठकबाट प्रदेशसभाको अधिवेशन आह्वानको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने तयारी भइरहेको बताए ।

प्रदेशसभामा निवेदन दर्ता गराएपछि विश्वासको मत लिने प्रक्रियागत विषय सुरु हुने र अन्य छलफल भने दशैँपछि गर्ने तयारी गरको उनले बताए ।

मुख्यमन्त्रीले विश्वासको लिने मितिबारे भने सभामुखसँगको छलफलबाट तोकिने उनले बताए ।

यता नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौला भने सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकताका विषयमा परेको मुद्दा आफ्नो पक्षमा आउने भन्दै सरकार अल्पमतमा नरहेको दावी गर्छन् ।

नेकपा एमालेले कारवाही गरेका १४ जना सांसद्लाई साथमा लिएर पार्टी गठन गरेकाले माधव नेपालले पार्टी विभाजनका लागि आवश्यक २० प्रतिशत सांसद् हुनुपर्ने मापदण्ड पुरा नभएको उनको दावी उनको दावी छ । उनले उक्त कारवाही सदर हुनेमा आफूहरु आशावादी रहेको बताए ।

यसैबीच नेकपा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेश सरकारमा बहुमत सहित दावी गरिसकेकाले गठबन्धनका दलहरुले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावको तयारी गरिरहको बताए ।

उनले संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीलाई संसदबाट विश्वासको मत लिन समय दिएको बताउँदै सरकार टिकाउन जालझेल गरे विपक्षी गठबन्धनका दलहरुले प्रदेश प्रमुखसमक्ष बहुमतसहित मुख्यमन्त्री दावी गर्दै अविश्वास प्रस्ताव लैजाने तयारी भइरहेको बताए ।

उनले सो अवधिसम्म नेकपा एकीकृत समाजवादीको आधिकारिकताका बारेमा सर्वोच्चको मुद्दाको पनि फैसला आउने भन्दै नेकपा एमालेको सरकार टिकाउने सबै बहाना समाप्त हुने बताए ।

मुख्यमन्त्री शाक्यको सत्ता बहिर्गमन निश्चित रहेको भन्दै उनलाई सहज बाटो अपनाउन दिएको समयको सदुपयोग गर्नसमेत उनले आग्रह गरे ।

‘मुख्यमन्त्रीले संविधान अनुसार विश्वासको मत दिनुपर्छ । जालझेल गरेर सत्ता लम्ब्याउने अधिकार मुख्यमन्त्रीलाई छैन । मुख्यमन्त्रीले विपक्षी गठबन्धनले दिएको समयको सदुपयोग गरेर मार्ग प्रशस्त गर्नुपर्छ । संविधान भन्दा माथि मुख्यमन्त्री हुने हैन । सत्ता बहिर्गमन निश्चित छ बागमती प्रदेशमा चाँडै गठबन्धनको सरकार बन्छ,’ उनले भने ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram