NarayaniPost.com
बिहिबार, असार २८, २०८०

थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ

नारायणी पोस्ट
मङ्लबार, अशोज १२, २०७८

२०७८ असोज १२ गते

काठमाडौं। तराइका आदिवासी थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ भएको छ । असोज कष्णपक्षको सप्तमी तिथि मंगलबार परेकाले थारु महिलाहरुले नजिकैको नदी, जलाशय र इनारमा गइ नुहाएर व्रत प्रारम्भ गरेको थारु संस्कृति विद भुलाइ चौधरीले बताए।

उनका अनुसार यसपटक मंगलबार सतमी (सप्तमी) तिथिमा लहाइ (नुहाउने) अर्थात दर खाने, बुधबार उपास अर्थात व्रत बस्‍ने र बिहीबार पारन (बिसर्जन) गर्ने गर्छन् । थारु महिलाहरु यतिबेला माइतमा आएका छन् । माइत जान नसकेका महिलाहरु ससुरालीमै भए पनि व्रत प्रारम्भ गरेका छन्।

वर्तको पहिलो दिन मंगलबार वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरेर जलासयकै छेउमा घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेका छन्।

साथै जलासय वा कुवाबाट फर्केर घर आउँदा आफ्नो कूल देवताको ठाउँलाई लिपपोत गरेर पूजाआजा गरेका छन्।

यसपटक ३८ घण्टा उपास

आफ्ना सन्तान तथा परिवारको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दै विशेष गरी थारु महिलाले यसपटक भने तिथि अनुसार ३८ घण्टा उपास बस्‍नु पर्ने देखिएको छ।

थारु सस्कृति विद् भुलाइ चौधरीका अनुसार यसपटक अष्ठमी तिथि दिउँसै सुरु भएकाले व्रत चाडै बस्‍नु पर्ने र उपास/उपवासको समय लम्बिएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘ यस पटक जितियाको तिथि/मिति दिउँसैबाट प्रारम्भ भएकाले व्रतालुहरुलाइ व्रतको समय बढी बस्‍नु पर्ने देखिन्छ। किनकी व्रत रातिको समयमा बिसर्जन देखिएको छ। तर सूर्य बिहान उदाउने भएकाले सूर्यको पूजा नगरी व्रत कसरी तोड्ने प्रश्‍न आउँछ। जितिया सूर्यको छोरा जितमहान भगवानको पूजाअर्चना गर्ने चलन छ।’

उक्त दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितबहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ।

जितिया तराइका पश्‍चिम नवलपरासीदेखि पूर्व झापासम्‍मका थारु महिलाका साथै गैरथारु महिलाहरु (मधेशी, दलितलगायत अन्‍य) पर्वको अवसरमा ठाउँ-ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरेका छन् ।

काठमाडौंमा भने थारु महिलाहरुले दुई ठाउँमा जितिया महोत्सवको आयोजना गरेका छन्। थारु महिला समाजले ललितपुरको टीकाथलीस्थित मोटेश्वर सामुदायिक भवनमा जितिया कार्यक्रमको आयोजना गरेका छन् भने थारू महिला सभा काठमाडौँ उपत्यका समितिले कोरोनाको कारण देखाउँदै भर्चुअल माध्‍यमबाट जितियाको आयोजना गर्न लागेका हुन।

पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाइ उक्त पवित्र चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अर्घ्य दिएर पर्वको समापन गर्ने गरिन्छ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram