NarayaniPost.com
बिहिबार, असार २८, २०८०

पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु

नारायणी पोस्ट
बिहिबार, अशोज २१, २०७८

२०७८ असोज २१ गते

काठमाडौं । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलोचिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तिमा २० जना मारिएका छन् । स्थानीय अधिकारीहरुका अनुसार भग्नावशेष हटाउने र उद्धार गर्ने काम जारी छ । बिहीबार स्थानीय समयअनुसार बिहान ३ बजे ५ दशमलव ९ म्याग्नेच्यूडको भूकम्प गएको थियो । भूकम्पबाट सबैभन्दा धेरै क्षति हर्नाइ जिल्लामा भएको छ ।

यो जिल्ला बलोचिस्तानको प्रान्तीय राजधानी क्वेटा शहरबाट झन्डै १ सय किलोमिटर टाढा छ । भूकम्प जाँदा यहाँको अधिकांश जनसंख्या सुतिरहेको थियो । ‘कम्तिमा २० जना घाइते भएका छन् र हाम्रो अनुमानमा कम्तिमा १ सयजना घाइते छन्,’ प्रान्तीय मन्त्री जिया लानगोभले भने । भूकम्पका कारण पहिरो जाँदा सडकहरू अवरुद्ध भएको लानगोभले बताए । ‘पहिरोले उद्धार कार्यमा समस्या थपेको छ,’ उनले भने,‘सडकबाट पहिरो हटाउने कार्य चलिरहेको छ ।’

पाकिस्तानी सेनाका अनुसार केही उद्धारकर्मीहरु हनाईमा पुगिसकेका छन् र ९ जना गम्भिर घाइतेलाई एयर फोर्समार्फत उद्धार गरेर क्वेटा ल्याइएको छ । विपद्बाट प्रभावित भएकाहरुको उपचार तथा उनीहरुलाई खाद्यान्न र आश्रयस्थल उपलब्ध गराउन स्थानीय स्वयंसेवीसँगै सेनाका चिकित्सक र स्वास्थकर्मीहरु जुटिरहेका छन् । उद्धार कार्यलाई थप प्रभावकारी बनाउनका लागि रावलपिन्डीमा टोली पठाइएको पनि सेनाले जनाएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram