NarayaniPost.com
बिहिबार, साउन २६, २०७९

भारतीय गायक मीकाले गाए नेपाली गीत ‘बोतलको विर्को’

नारायणी पोस्ट
मङ्लबार, अशोज २६, २०७८

२०७८ असोज २६ गते

काठमाडौं । भारतका चर्चित गायक मीका सिंहले पनि नेपाली गीत गाएका छन् । उनको स्वर रहेको ‘बोतलको विर्को’ बोलको गीत दसैँको अवसर पारेर सार्वजनिक गरिएको छ । गीतमा गायनमा मीकालाई सिम्रन दुग्गल र रीया दुग्गलले साथ दिएका छन् । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ ।

गीतको भिडियो पनि निर्माण भएको छ । जसको निर्देशन विभोर पोखरेल र दिलिप समनको संयुक्त गरेका हुन् । भिडियोमा आर्यन सिग्देल, पल शाह र दुर्गेश थापा अभिनय छ । यी तीन कलाकारलाई भिडियो अभिनयम एलिसा शर्मा, श्रेया संग्रौला र कविता नेपालीले साथ दिएका छन् । भिडियोमा उनीहरुको आकर्षक नृत्य समेत देख्न सकिन्छ ।

सुप्रिम पराजुलीकोे सम्पादन, राविज समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन भिडियोमा छ । गीतको अडियो तथा भिडियो निर्माणमा मिहिनेत गरिएकोले दर्शकले गीत रुचाउने गरेकाले दर्शकलाई मनपर्नेमा विश्वास रचनाकार शेखर अस्तित्वको रहेको छ ।

आन्य समाचारहरु:-
July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

May 14, 2022
चितवनमा माओवादी केन्द्रले खाता खोल्यो,इच्छाकामना १ मा सन्तबहादुर राना विजयी

चितवन,३१ बैशाख । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram