NarayaniPost.com
बिहिबार, जेष्ठ १०, २०८१

आज बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट, कत्ती जनाको हात खाली भयो?

नारायणी पोस्ट
शुक्रबार, अशोज २२, २०७८

२०७८ असोज २२ गते

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार ७४ हजार ४०० जनाले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् ।

कम्पनीको आईपीओमा २० लाख ३० हजार ९५५ जना आवेदकले २ करोड ४४ लाख ३७० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएकोे छ ।

बाँकी योग्य २० लाख १४ हजार ९२२ जना आवेदकमध्ये गोलाप्रथाद्वारा ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर पाएका हुन् । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले कुल कित्तामध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचाराहरुको लागि, ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो l

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram