NarayaniPost.com
शनिबार, फाल्गुन १२, २०८०

सम्झौताअनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई भरतपुर अस्पतालद्वारा कारबाही

नारायणी पोस्ट
शुक्रबार, कार्तिक ५, २०७८

२०७८ कार्तिक ५ गते

चितवन । भरतपुर अस्पतालले औषधिपसलमा सम्झौताअनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो ।

अस्पताल विकास समितिको बैठकको निर्णयअनुसार ती पसललाई कारबाही गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा आवश्यक औषधि खरिदको आदेश दिइसके पछि पनि उनीहरुले औषधि नल्याएका जनाइएको छ । औषधि ल्याउने समय १७ दिन र ताकेता गरेको समयमा समेत औषधि नल्याएपछि कारबाही गर्न बाध्य भएको उहाँले जानकारी दिनुभयो । अस्पतालले तीन पटकसम्म औषधि समयमा ल्याउनका लागि सप्लायर्सलाई ताकेता गरेको जनाइएको छ ।

कारबाही स्वरुप अस्पतालले औषधि बाहिर खरिद गर्दा र बोलपत्रमा सम्झौता हुँदाको मूल्यभन्दा थप परेको मूल्य सम्झौता गर्ने पक्षलाई तिर्न लगाएको छ । सरकारको ‘फार्मेसी निर्देशिका २०७४’ अनुसार अस्पतालमा फार्मेसी सञ्चालनमा आएपछि औषधि समयमा नल्याउने ठेकेदार कम्पनीलाई यस अस्पतालमा कारबाही गरिएको यो पहिलो रहेको अस्पतालको फार्मेसी विभाग प्रमुख सविनराज लामिछानेले जानकारी दिनुभयो ।

सन फार्मेसीले मधुमेहका बिरामीलाई आबश्यक पर्ने ‘मेटफर्मीन’ नामक औषधि विगत दुई महिनादेखि उपलब्ध गराउन छाडेको थियो । सो औषधि फार्मेसीले सम्झौताअनुसार १.४० पैसा प्रति ट्याब्लेटमा अस्पताललाई उपलब्ध गराउनुपर्ने हुन्थ्यो । लामो समयसम्म औषधि ठेकेदार कम्पनीले ल्याउन नसकेपछि अस्पतालले १.७५ पैसामा खरिद प्रक्रिया सुरु गरेको छ । सो फार्मेसीलाई सम्झौता भए भन्दा बढीको मूल्य तिर्न लगाइएको छ । यस फार्मेसीले २११ प्रकारका औषधि ल्याउने सम्झौतामा उल्लेख छ ।

यस्तै हिमसागर मेडिकलले मेटफर्मीन÷ग्लिमेप्राइड नामक औषधि समयमा नल्याएको जनाउँदैै कारबाही गरिएको छ । विगत लामो समय देखि माग गरिएको औषधि नपाउँदा बिरामी मर्कामा पर्न थालेको जनाउँदै अस्पतालले आफैँ खरिद गरी सम्झौताभन्दा बढीको मूल्य ठेकेदार कम्पनीलाई तिर्न लगाएको छ । सो औषधि सम्झौताअनुसार ६.९८ पैसा प्रतिट्याब्लेट पर्नेमा अस्पतालले बाहिरबाट खरिद गर्दा रु सात मा खरिद गरेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । यस हलसँग १८१ प्रकारका औषधि ल्याउने सम्झौता भएको थियो ।

कारबाहीमा पर्नेमा मेडिसेल्स फर्माले डेक्सामेथासोन इन्जेक्सन (जीवन रक्षक औषधि) आकस्मिक कक्ष, सघन उपचार कक्ष र कोरोना भाइरस सङ्क्रमितलाई समेत प्रयोग हुने औषधि नल्याए पछि कारबाही गरिएको छ । सम्झौताअनुसार रु ११ प्रतिभाइलमा ल्याउनुपर्ने सो औषधि अस्पतालले बाहिरबाट खरिद गरी ल्याउँदा रु १८.१२ पैसा पर्न गएको प्रमुख लामिछानेले जनाकारी दिनुभयो । यस कम्पनीलाई पनि सम्झौताभन्दा बढीको रकम तिराइने छ । यस कम्पनीले अस्पतालमा ९४ प्रकारका औषधि ल्याउनका लागि सम्झौता गरेको थियो । उनीहरुले अन्य औषधिसमेत समयमा उपलब्ध गराउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका अनुसार अन्य औषधिका लागिसमेत ताकेता गरिएको छ । अन्य सप्लायर्सले समेत ढिलाइ गर्दा आवश्यकताअनुसारको औषधि बिरामीले पाउन सकेका छैनन् । ढिलाइ गर्ने कम्पनीलाई पनि ताकेता गरिएको र अटेर गरे कारबाही गरिने अस्पतालले जनाएको छ । समयमा औषधि नापउँदा सेवाग्राही मारमा पर्न गएकाले कारबाही गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डन्ट प्रा डा कृष्ण पौडेलले बताउनुभयो । अस्पतालले खरिद नियमअनुसार कारबाही प्रक्रिया अघि बढाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “समयमा औषधि नल्याउने ठेकेदारलाई नियमित जानकारी गराइएको छ । समयमा औषधि नल्याए कानूनअनुसार कारबाहीको प्रक्रियामा अघि बढाउँछौँ ।” समयमा औषधि नल्याउने कम्पनीलाई सम्झौताअनुसार कारबाही गरी कालोसूचीमा राख्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र औषधि व्यवस्था विभागमा सिफारिस गरिने उहाँले जानकारीदिनुभयो ।

अस्पतालका फार्मेसीमा औषधि ल्याउनका लागि विभिन्न १० कम्पनीले ठेक्का सम्झौता गरेका थिए । विसं २०७७ साल माघमा एक वर्षका लागि औषधि ल्याउनका लागि ती सप्लायर्ससँग सम्झौता गरिएको हो । सर्जिकल सामानतर्फ छ सप्लायर्ससँग सम्झौता भएको थियो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram