NarayaniPost.com
आइतवार, जेष्ठ २०, २०८१

आयोजनाहरु समयमै सम्पन्न गर्न मेयर दाहालको आग्रह

नारायणी पोस्ट
मङ्लबार, कार्तिक ९, २०७८

२०७८ कार्तिक ९ गते

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठुला ठुला आयोजना निर्माणको ठेक्का लिएका व्यवसायीहरुलाई समयमै कार्य सम्पन्न गर्न आग्रह गरेकी छिन् । उनले ठूला ठूला आयोजनाहरू निर्माणको जिम्मा लिएर बिभिन्न बहाना बाजी गर्दै समयमै काम नगरेकोमा आपत्ति जनाउदै अब यस्तो कुनै पनि प्रकारका बहानाबाजी आफूहरूलाई मान्य नहुने बताएकी हुन् ।

आइतबार भरतपुर महानगरपालिकाले महानगर भित्र संचालित सघन शहरी विकास तथा भवन कार्यालय, डिभिजन सडक कार्यालय तथा महानगरपालिका अन्तर्गत संचालित विकास सम्बन्धी दर्जन बढी आयोजनाहरूको प्रगति समिक्षा कार्यक्रममा बोल्दै यस्तो धारणा राखेकी हुन् ।
कार्यक्रममा प्रमुख दाहालले ३ बर्षको ठेक्का सम्झौता गर्ने कार्यालय र निर्माणको जिम्मा लिने निर्माण व्यवसायीको काम गराईले आफूहरुलाई हैरान बनाएको भन्दै यसरी अब नचल्ने उल्लेख गरिन् । कार्य प्रगति प्रति आक्रोश पोख्दै उनले भनिन्, ‘३ बर्ष ठेक्का सम्झौताको अवधी रहेका आयोजनाहरूको ४ बर्ष पुगिसक्दा पनि ५५, ६० प्रतिशत प्रगति नहुनु के हो <’

उनले बहानाबाजी गरेर काम नगर्ने छुट कसैलाई नभएको भन्दै सम्बन्धित कार्यालयका प्रमुख र निर्माण व्यवसायीहरुलाई कार्यतालिका बनाएर तत्काल काम सम्पन्न गर्न निर्देशन समेत गरिन् । कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले जन उत्तरदायी भएर काम गर्न सरोकारवाला निकायलाई आग्रह गरिन् ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले तोकिएकै समयमा निर्माण कार्य सम्पन्न नगर्नु राज्यको स्रोत साधनको दुरूपयोग गर्नु हो भन्दै यस्तो दुरूपयोग गर्ने छुट कसैलाई नभएको बताए ।
कार्यक्रममा सघन शहरी विकास कार्यालयका प्रमुख प्रकास अर्याल, डिभजन सडक कार्यालयका प्रमुख बाबुराम सापकोटा, भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल लगायतका सरोकारवाला कार्यालयका प्रमुखहरुका साथै आयोजनाहरूका निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram