NarayaniPost.com
आइतवार, माघ २१, २०८०

बाढी पहिरोबाट ९२ जनाको मृत्यु, ४२ जना सम्पर्कविहीन

नारायणी पोस्ट
बिहिबार, कार्तिक ४, २०७८

२०७८ कार्तिक ४ गते

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ९२ पुगेको छ । असोज ३१ देखि शुरु भएको वर्षाका कारण ९२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी र पहिरोका कारण ४२ जना सम्पर्कविहीन भएका छन् । वर्षाका कारण प्रदेश–१ मा मात्रै ५३ जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३० जनाको मृत्यु पुष्टि भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्तले बताए ।

बुधवार जुम्लाको हिमा गाउँपालिका–६ मा खोला तर्दा २८ वर्षीय रत्ना शाही बगेर बेपत्ता भएकी छिन् । मोरङको विराटनगर महानगरपालिका–१२ स्थित नालीमा ३६ वर्षीय इशान भुजेलको शव फेला परेको छ । सुनसरीको धरान उपमहानगरपालिका–६ लिम्बुचौर खोलामा दाउरा टिप्न गएका एकजनाको मृत्यु भएको छ । धरान–११ बस्ने वर्ष ४५ का झगेन्द्र राई धरान उपमहानगरपािलका–२० स्थित खैरे खोलामा मृत अवस्थामा फेला परेका छन् ।

ईंटहरी उपमहानगर–५ बस्ने वर्ष ७२ को चन्द्रप्रसाद काफ्ले विराट चोकबाट घरतर्फ फर्कने क्रममा शिवालय मन्दिर छेउको खोल्सीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कर्णाली प्रदेशमा ७ जनाको मृत्यु भएको छ । लुम्बिनी र बागमतीमा एक–एक जनाले ज्यान गुमाएका छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram