NarayaniPost.com
शनिबार, साउन ७, २०७९

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कत्तिको हात खाली ?

नारायणी पोस्ट
शुक्रबार, कार्तिक ५, २०७८

२०७८ कार्तिक ५ गते

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि १९ गतेसम्मका लागि सर्वसाधारणमा खुल्ला गरेको कुल २२ लाख ५० हजार कित्ता बराबरको आईपीओ शुक्रबार बाँडफाँट भएको हो । ​गोला प्रथा मार्फत भएको कम्पनीको आईपीओ बाँडफाँटमा जम्मा २ लाख ९ हजार २५० जनाले प्रतिव्यक्ति १० कित्ताकादरले सेयर हात पारेका । कुल २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन खुल्ला गरिएकोमा कुल २२ लाख ५५ हजार ८४ जना सर्वसाधारणले आवेदन दिएका थिए भने १३ हजार ९४६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख ४१ हजार १३८ जना मध्ये २ लाख ९ हजार २५० जनाले मात्र कम्पनीको सेयर हात पारेका हुन् ।

यसको मतलब अधिकतम ९१ प्रतिशत आवेदकहरुको हात खाली भएको छ । कम्पनीले गत असोज १५ गतेबाट १९ गतेसम्म कुल २ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा खुल्ला गरिएको थियो ।

आन्य समाचारहरु:-
July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

May 14, 2022
चितवनमा माओवादी केन्द्रले खाता खोल्यो,इच्छाकामना १ मा सन्तबहादुर राना विजयी

चितवन,३१ बैशाख । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram