NarayaniPost.com
बिहिबार, असार २८, २०८०

'उडिरहेको विमानबाट श्रीमतीलाई समुद्रमा फ्याकिदिएँ’

नारायणी पोस्ट
शुक्रबार, कार्तिक ५, २०७८

२०७८ कार्तिक ५ गते

काठमाडौं । न्यूयोर्कका एक सर्जनले आफ्नी श्रीमतीको घाँटी थिची हत्या गरेको र उनको शवलाई विमानबाट बाहिर फ्याँकेको कुरालाई सनसनीपूर्ण तरिकाले स्वीकार गरेका छन् । उनले करिब ४० वर्षदेखि आफूलाई यसमा निर्दोष बताउँदै आएका थिए ।

रोबर्ट बिरेनबमले आफ्नी श्रीमती गेल काट्जको सन् १९८५ मा हत्या गरेको अदालतसमक्ष स्वीकार गरेका छन् । आफू त्यतिबेला अपरिपक्व भएको र रिसलाई नियन्त्रण गर्न नसकेका कारण श्रीमतीको हत्या गरेको जानकारी दिए ।

‘उनले मलाई कचकच नगरोस् भन्ने म चाहन्थेँ, त्यसैले उनलाई आक्रमण गरेँ ।’

काट्सको हत्या अभियोगमा बिरेनबमलाई सन् २००० मा नै दोषी ठहर गरिएको थियो । तर उनले श्रीमतीको हत्यामा आफ्नो कुनै पनि संलग्नता नभएको बताउँदै आएका थिए ।

एक अनुभवी पाइलटसमेत रहेका बिरेनबमले आफूले श्रीमतीको घाँटी थिची हत्या गरेको, उनको शवलाई सानो विमानमा राखेको र विमान समुद्रमाथि पुगेपछि शव फ्याँकेको बताएका छन् ।

काट्जको शव कहिल्यै भेटिएन ।

बिरेनबमविरुद्ध मुद्दा चलाउने म्यानहटनका पूर्व जिल्ला अधिवक्ताले उक्त स्वीकारोक्तिमा आश्चर्य प्रकट गरेका छन् ।

‘सुरुमा त कसैले मसँग ठट्टा गरेजस्तो लागेको थियो,’ डान बिबले भने ।

‘म यसकारण चकित भएँ किनभने उनले आफ्नी श्रीमतीको हत्या गरेको भनेर स्वीकार्छन् भनेर मैले सपनामा पनि सोचेको थिइनँ ।’

बिबले ती पूर्व प्लास्टिक सर्जनलाई ‘साइकोप्याथ’ को संज्ञा दिएका छन् ।

बिरेनबमले गेललाई सन् १९८० को सुरुवातमा भेटेका थिए । सुरुवाती भेटमा नै बिरेनबमले उनलाई म्यानहटन वरिपरि विमानमा सयर गराएका थिए । यसैकारण पनि गेल बिरेनबमबाट असाध्यै प्रभावित भएकी थिइन् ।

यद्यपि, गेलकी बहिनी एलेन काट्जले एबीसीसँगको कुराकानीमा बिरेनबम असाध्यै नियन्त्रण गर्ने खालको र हिंसात्मक रहे ।

एलेनले भनिन्, ‘मलाई एकदिन दिदीले फोनमा बिरेनबमले आफ्नो बिरालोलाई टोइलेटमा डुबाउन खोजेको बताइन् ।’

‘मैले त्यतिबेला दिदिलाई बबबाट तिमी टाढा रहनुपर्छ भनेर सुझाएकी थिएँ,’ एलेनले भनिन् ।

एलेन काट्जका अनुुसार एक रात गेलले बाल्कोनीमा चुरोट पिइरहेका बेला बिरेनबमले उनको घाँटी अँठ्याएका थिए ।

गेल काट्जले यसबारे प्रहरीलाई भनेपछि उनीविरुद्ध ऊजुरी लिइएन ।

रोबर्ट बिरेनबम एक सर्जन थिए, दक्ष स्किइर, सेफ र दक्ष पाइलटसमेत थिए ।

‘यो घटना सन् २०२१ मा हुँदो हो त रोबर्ट बिरेनबमलाई तत्काल हत्कडी लगाइन्थ्यो,’ बिबले भने, ‘घटना सन् १९८३ को थियो, त्यतिबेला केही गरिएन ।’

७ जुलाई सन् १९८५ मा उनी हराएपछि बिरेनबमले काट्ज झगडा गरेर घर छोडेर गएको परिवारलाई बताए ।

उनले भने जीवन बाँच्न छोडेनन् । अन्य महिलालाई डेट गरे, पार्टीमा सरिक भए ।

काट्जको् परिवारले आफ्नो शंका प्रहरीसमक्ष लिएर गए । त्यसपछि म्यानहटनको जिल्ला अधिवक्ताको कार्यालयले यो मुद्दा चलायो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram