NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

हजारौं मूल्य बराबरको अवैध सालको काठ , ७ थान साइकल बारामत

नारायणी पोस्ट
बुधबार, कार्तिक १०, २०७८

२०७८ कार्तिक १० गते

रौतहट । रौतहटस्थित संयुक्त सुरक्षा टोलीले हजारौं मूल्य बराबरको अवैध सालको काठ बरामद गरेको छ । सेक्टर वन कार्यालय चोंचा र सशस्त्र प्रहरीको संयुक्त टोलीले गए राति जंगलसैया एरियाबाट ७ वटा सालको करिब ३० क्युफिट गोलिया र ७ थान साइकल बरामद गरेको हो ।

तस्कर समूहले वनबाट अवैधरूपमा सालको काठ लगिरहेको सूचनाको आधारमा सशस्त्र वन सुरक्षा गार्ड र सशस्त्र बेस क्याम्प हरिनगरको संयुक्त टोलीले काठ र साइकल बरामद गरेको सेक्टर वन कार्यालय चोंचाका प्रमुख राजेश साहले बताए ।

त्यसैगरी अस्थायी प्रहरी चौकी छेदी चौक र गरुडा इलाका प्रहरी कार्यालय गरुडाको टोलीले मंगलबार राति नै ३ थान सालको गोलिया र ३ वटा साइकल बरामद गरेको छ ।

गस्ती टोलीलाई देखेपछि तस्करहरू भाग्न सफल भएको प्रहरीले जनाएको छ । बरामद काठको बजार मूल्य एकलाख रुपैयाँ भन्दा बढी पर्ने जनाइएको छ । बरामद काठ सेक्टर वन कार्यालय चोंचा र ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छ ।

सेक्टर वन चोंचाका अधिकृत राजेश साहले पछिल्लो समय रौतहटमा बढेको अवैध काठ तस्करीमा वनका केही हेरालुको संलग्नता हुनसक्ने आशंका गरेका छन् । काठ तस्करीबारे थप अनुसन्धान भइरहेको र चाँडै नै यसमा संलग्नहरुको पहिचान हुने उनको भनाइ छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram