NarayaniPost.com
मङ्लबार, साउन २, २०८०

चीनले दियाे नेपाललाई थप १६ लाख डाेज खाेप

नारायणी पोस्ट
बुधबार, कार्तिक १७, २०७८

२०७८ कार्तिक १७ गते

काठमाडौं । चीनले नेपाललाई १६ लाख डाेज साइनाेफार्म खाेप थप सहयाेग गरेकाे छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत हाेउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विराेध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी हुन्।

चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डाेज खाेप अनुदानकाे रूपमा आएकाे छ भने काेभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डाेज खरिद गरेकाे छ । जसमध्ये १० लाख २० हजार डाेज खाेप आइसकेकाे छ भने बाकीँ अरू आउने प्रक्रियामा रहेकाे स्वास्थ सचिव राेशन पाेखरेलले बताउनु भयाे ।

त्यसैगरी काेभ्याक्स कस्ट सेयरिङ अन्तर्गत अन्य खाेप खरीद गर्न काेभ्याक्सलाई आवेदन दिएकाे स्वास्थ्यमन्त्री खतिवडाले बताए।

राजदूत यान्छीले चीनकाे खाेप सहयाेगले महामारी नियन्त्रणमा सहयाेगी हुने समेत बताइन्।

स्वास्थ सचिव राेशन पाेखरेल चीनले नेपालकाे महामारी नियन्त्रणमा सहयाेग गरेकाले धन्यवाद दिँदै अन्य सहयाेग प्राप्त गर्नेमा आशाबादी रहेकाे बताए।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram